कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–५
थारु मिलन केन्द्र नेपाल,उपदान कलेक्सन सेन्टरको आयोजनामा भूमिहिन नागरीकको लागि आवास निर्माण सम्वन्धि एक दिवसीय छलफल तथा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
थारु मिलन केन्द्र नेपाल,पश्चिम नवलपरासीका अध्यक्ष देवानन्द फौजदारको अध्यक्षता र नेपाली कान्ग्रेसका केन्द्रिय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बर्दघाटमा भएको उक्त कार्यक्रमा बोल्दै प्रमुख अतिथी कंडेलले केहि ब्यक्तिहरुले सुकुम्वासीका नाममा ब्यापार गर्ने गरेका कारण असली सुकुम्वारीहरुका पक्षमा काम गर्न समस्या सृजना भैरहेको बताउनु भयो । नेता कंडेलले अहिले एमाले र कान्ग्रेसको संयुक्त सरकार भएका वेला धेरै काम गर्न सकिने संभावना रहेको बताउनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले नगरका क्षेत्रमा ९ हजार ३ सय ४५ जना भुमिहिन सुकुम्वासीहरु रहेको जानकारी गराउनु भएको थियो । उहाँले नगरमा रहेको भुमिहिन सुकुम्वासीहरु मध्ये तीनपुस्ता सम्म जग्गा जमिन नभएकाहरु झण्डै ९ सय जना जती रहेको र तीनीहरुको लागी जग्गा उपलब्ध गराउन नगर लागिपरेको बताउनु भएको थियो ।
पश्चिम नवलपरासीमा रहेका भूमिहिनहरुको पहिचान गरेर उनीहरुका लागि निःशुल्क आवासको ब्यवस्था गर्ने उध्येश्यले थारु मिलन केन्द्र नेपाल,पश्चिम नवलपरासीको अगुवाईमा थारु मिलन केन्द्र नेपाल,उपदान कलेक्सन सेन्टरले भूमिहिन नागरीकको लागि आवास निर्माण सम्वन्धि एक दिवसीय छलफल तथा अन्त्रक्रिया कार्यक्रम आयोजना गरेको उपदान कलेक्सन सेन्टरका संयोजक राधेश्याम चौधरीको भनाईरहेको थियो ।
अमेरीकामा रहने नेपाली नगारीकहरुले आफ्नो खाजा नास्तामा गर्ने खर्च कटाएर गरेको सहयोग रकमवाट पश्चिम नवलपरासी जिल्लाका ७ सय १७ घरधुरीका पिवन्न एवं भूमिहिन नागरीकको लागि आवास निर्माण गर्ने योजना अघि सारीएको राधेश्याम चौधरीले जानकारी गराउनु भएको थियो ।
थारु मिलन केन्द्र नेपाल,पश्चिम नवलपरासीका सचिव शत्रुधन चौधरीको सञ्चालन रहेको कार्यक्रममा थारु मिलन केन्द्र नेपाल,उपदान कलेक्सन सेन्टरकी प्रतिनिधि लगाएत कार्यक्रममा सहभागि मधुरा प्रसाद चौधरी,तोपनारायण चौधरी,नरेश चौधरी,पिताम्वर प्रसाद चौधरी लगाएतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।