sunwal

बुद्धमंगल तालक्षेत्रको विकासका लागि एकिकृत विकास योजना ल्याउदै छौं ः नगर प्रमुख श्रेष्ठ

485

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२९

बर्दघाट–१२,दोबिल्लामा रहेको बुद्धमंगल तालक्षेत्रको विकासका लागि बर्दघाट नगरले एकिकृत विकास योजना अघिसारेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । ताल परिसरमा रहेको बौद्ध गुम्बा बिहारमा आज भएको बुद्ध जयन्ती कार्यक्रमलाई सम्बोधन्गर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

बुद्धमंगल ताल नगरको पहिचानसंग जोडीएकोले तालक्षेत्रको संरक्षण गर्ने र धार्मिक तथा पर्यटकिय हिसावले बुद्धमंगल तालको प्रचार प्रसार र विकासका लागि नगरपालिकाले छुट्टै बुद्धमंगल ताल विकास मुल समिति गठन गरेर अघिबढ्ने धारणा राख्नु भएको थियो । तालको सौन्दरीकरण,विकास निमार्ण,सामुदायिक वन,जलवेवि, शिव मन्दिर,अखण्ड दिप ,बौद्धगुम्वा लगाएतका बिभिन्न समितिहरु तालक्षेत्रमा क्रिसिल भएपनि त्यो सबैलाई समेट्नेगरी बुद्धमंगल ताल विकास मुल समिति गठन गरेर अघिबढ्ने तयारीमा नगर रहेको धारणा राख्नु भएको थियो ।

बुद्ध मंगल ताल बौद्ध गुम्बा बिहार प्रतिष्ठानको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा भएको २६४९ औं बुद्ध जयन्ती कार्यक्रममा बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।
बुद्ध मंगल ताल बौद्ध गुम्बा बिहार प्रतिष्ठानका अध्यक्ष धनबहादुर सिङजालीको अध्यक्षता र सचिव वृखबहादुर रानाको सञ्चालन रहेको उक्त कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष नरबहादुर चौधरीले देश विदेशबाट लुम्बिनीको दर्शन गर्न आउने भक्ताजनहरुलाई बुद्धमंगल ताल सम्म आउने वातावरण सृजना गर्नेगरी काम गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. १२ का वडाध्यक्ष उमाशंकर चौधरी,निर्वामान वडाध्यक्ष मान बहादुर मल्ल,बर्दघाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिका बहादुर पहारी,संस्कृति विभागका संयोजक दिपप्रकाश लोहनी,प्रज्ञा सभा सदस्य मनो गोल्डी,शहिद स्मृति अस्पतालका अध्यक्ष डि.बि. थापा,जहदा पुस्तकालयका अध्यक्ष सुरज के.सी. बर्दघाट उद्योग बाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले बुद्ध मंगल ताल र बुद्धका वारेमा चर्चा परिचर्चा गरेका थिए ।
बौद्ध गुम्बा बिहार प्रतिष्ठानका सचिव विर्खबहादुर रानाको सञ्चालन रहेको कार्यक्रममा पूर्ण बहादुर थापाको स्वागत मन्तब्य रहेको थियो ।