Jilla Ban Notis

प्रदेश ५ र ६ को नेपाल तामाङ्ग घेदुङ्ग समितिको अध्यक्षमा बीरमान लामा चयन ।

0 39

कृष्ण ढकाल
बर्दघाट,माघ–१४
मंगलवार बुटवलमा भएको नेपाल तामाङ्ग घेदुङ प्रदेश ५ र ६ को भेलाले बुटवलका बीरमान लामाको अध्यक्षतामा नयां प्रदेश समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा जगत बहादुर तामाङ्ग (बर्दिया),महिला उपाध्यक्ष पपिता तामाङ्ग (बांके),सचिव कुमार मोक्तान तामाङ्ग(रुपन्देही),सह–सचिव सन्तोष थिङ(रुपन्देही),कोषध्यक्ष धना लामा(रुपन्देही) र सह–कोषाध्यक्ष कर्णबहादुर तामाङ्ग(कपिलवस्तु) रहनु भएको छ । तयसैगरी सदस्यहरुमा विष्णु तामाङ्ग(सुर्खेत),नरबहादुर घलान(रुपन्देही),सरीता तामाङ्ग(रुपन्देही),अमरबहादु्र बम्जन(रुपन्देही) रहनु भएको छ । समितिमा १७ सदस्यीय प्रदेश समिति रहेको नव समितिका अध्यक्ष बीरमान लामाले गाऊले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ।
बुटवलमा भएको प्रदेश भेलामा बोल्दैं घेदुङ्गका महासचिव बाबु घिसिङले जातीय पहिचानसहित अधिकार सुनिश्चितताका लागि तामाङ्ग समुदाय एकजुट हुंनुपर्नेमा जोड दिनुभएको थियो ।
घेदुङ्गका प्रदेश संयोजक विष्णु बहादुर तामाङ्गको अध्यक्षता,रुपन्देहीका सचिव सुरेश लामाको सञ्चालन तथा अध्यक्ष कृष्णबहादुर मोक्तानको स्वागतमा भएको कार्यक्रममा घेदुङ्गका केन्द्रीय सदस्य बीरमान लामा,सञ्जिव लामा,रुपन्देहीका निवर्तमान अध्यक्ष कुमार मोक्तान,पूर्व अध्यक्ष बिरबहादुर गोङबा,बिरबहादुर घिसिङ लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.