Sarawal notish

दन्त शिविर सम्पन्न

240

बर्दघाट,बैशाख–२६

बर्दघाट–२ चिसापानीमा रहेको आईरिज एकेडेमिमा आज दन्त शिविर सम्पन्न भएको छ । अप्टिमिस्ट क्लब अफ नवलपरासीको आयोजना ,सुनवल डेन्टल केयरको प्राविधिक सहयोग र जुनियर अप्टिमिस्ट क्लब को सह–आयोजनामा उक्त दन्त शिविर सम्पन्न भएको हो ।

क्लबका कार्यबहाक अध्यक्ष डा. विकास ढुगांनाको अध्यक्षता र संविद्यान सभा सदस्य सिन्धु जलेसाको प्रमुख आतिथ्यतामा भएको शिविर समुद्घाटन कार्यक्रममा बर्दघाट नगरका पहिलो नगर प्रमुख धिरज शर्मा बस्याल,नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष चन्द्रज्योती बस्याल, आईरिज एकेडेमिका प्रिन्सीपल शेर बहादुर आचार्य,समाज सेवी राधा ढकाल,आन्नद पुरी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन श्यामप्रसाद बस्यालले गर्नु भएको थियो ।