sunwal

अब गुणस्तर शिक्षाको लागी शिक्षकले जिम्मेवारी लिनु पर्छः नगर प्रमुख श्रेष्ठ

129

बर्दघाट,फागुन –२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरु डिजिटल बोडबाट कक्षा शिक्षण गरिने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

३७ वटा सामुदायिक विद्यालय रहेको बर्दघाट नगर भित्र ११ वटा सामुदायिक माध्यामिक विद्यालयहरु रहेका छन । सरस्वती माध्यमिक विद्यालय कुन्जनपुरको ४ कोठे भवनको उद्द्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रलाइ प्राथमिकता मा राखेर अगाडि बढिरहेको बताउदै उहाले आगामी शैक्षिक सत्र देखी सम्पुर्ण माध्यमिक विद्यालयमा डिजिटल प्रबिधिबाट कक्षा शिक्षण गरीने बताउनु भयो । बर्दघाट नगरपालिका भित्रका विद्यालयको भौतिक निर्माणको जिम्मा नगरले गर्छ । अब गुणस्तर शिक्षाको लागी शिक्षकले जिम्मेवारी लिनु पर्ने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

गुणस्तर दिन नसक्ने शिक्षकले जागिर छाड्नु पर्ने सामाजिक बिकास समिति सदस्य भिमकाजी गुरुङ्गले बताउनु भयो । “कि आफ्नो क्षमता बिकास गर्नु कि जगीर छड्नुहोस । शिक्षामा गुणस्तर दिन नसक्ने बिषयगत शिक्षकले कि राजिनामा लेखेर घर जानुहोस कि बर्दघाट नगरपालिकाबाट सरुवा हुनुहोस् ।” गुरुङले भन्नुभयो । नगर शैक्षिक सुधारमा लागेको बताउदै उहाले शिक्षामा गुणस्तर दिन नसक्ने शिक्षक बर्दघाट नगरलाई आवश्यक नरहेको गुरुङको भनाइ छ ।

विद्यालयमा ४ कोठे भवन ७३ लाख १५ हजार ८ सय ७० रुपैयाको लागतमा निर्माण सम्पन्न भएको विद्यालयका प्राध्यानाध्यापक सोमनाथ अधिकारीले बताउनु भयो । बाल बिकास देखी १२ सम्म कक्षासम्म अहिले ५ सय ५६ विद्यार्थी रहेको बताउदै अधिकारीले विद्यालयलाइ अब भौतिक सरचना पुगेको छ गुणस्तर सुधारका लाग्ने बताउनु भयो ।

शिक्षक अभिभावक सघको अध्यक्ष लक्ष्यम पाण्डे, पुर्व विद्यार्थी दामोदर जि.सि. र पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधुसूदन अर्याल विद्यालयको गुणस्तर वृद्धिमा लाग्नु पर्ने बताउनु भयो ।