Bardaghat Na pa

आन्दोलनको दुईदिन दशैबिदा कटाएर पुरागर्न नेपाल शिक्षक महासंघको अनुरोध ।

100

कृष्ण ढकाल
बर्दघाट,असोज–१४

बिधालय बन्द गरेर गत असोज ४ र ५ गते शिक्ष्ँकहरु आन्दोलनमा गएको दुईदिन दशैै बिदा कटाएर पुरा गर्न नेपाल शिक्षक महासंघ बर्दघाट नगर समितिले सबै पक्षसंग अनुरोध गरेको छ ।

नगर समितिको असोज १२ गते बसेको बैठकको निर्णय अनुसार उक्त अनुरोध गरीएको महासंघकी अध्यक्ष सभ्यता प्रसाईले बताउनु भएको छ ।
बर्दघाट नगरपालिकाले प्रकाशन गरेको शैक्षिक क्यालेन्डर अनुसार असोज २९ र ३० गते दशैं बिदा भएपनि उक्त दिन विद्यालय सञ्चालन गरेर बिधार्थीहरुको पठन पाठनमा पुगेको शैक्षिक क्षतीलाई परिपूर्ति गर्न अनुरोध गर्दै नेपाल शिक्षक महासंघ बर्दघाट नगर समितिले नगरका सबै बिद्यालयहरुलाई आग्रह गरेको अध्यक्ष सभ्यता प्रसाई र सचिव ऋषिराम खनालद्धारा हस्ताक्षरीत पत्रमा उल्लेख गरीएको छ ।