sunwal

सञ्चार सेवा संघको अधिबेशन सम्पन्न

160

 पप्पु रेग्मी
बर्दघाट, १ भदौ
सञ्चार सेवा संघ पश्चिम नवलपरासीको चौंथो  अधिवेशन तथा साधारणसभा शुक्रवार परासीमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष गोपी ज्ञवालीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ( दीपक )को प्रमुख आतिथ्यमा भएको अधिवेशनको उद्घघाटन शत्रलाई सम्बोधन गर्दै, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि गुप्ताले एम्बुलेन्स सञ्चालन कार्य चुनौतीपूर्ण रहेकाे बताउनुभयो । यस सञ्चार सेवा संघले विगत १२ वर्ष देखि हालसम्म एम्बुलेन्स सेवा प्रदान गर्न सफल भएको बताउदै, आफ्नो गाउँपालिकाले यस संस्थाको एम्बुलेन्स सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
सञ्चार सेवा संघका अध्यक्ष गोपी ज्ञवालीले संविधानसभा सदस्य विनोद पहाडीको सहयोगमा तत्कालिन क्रान्तिकारी पत्रकार माहासंघ मार्फत एम्बुलेन्स सेवा शुरु गरिएकोमा पछिल्लो समय संस्थाको नाम रुपान्तरण गरि सञ्चार सेवा संघ बनाईएको उल्लेख गर्नुभयो ।
उहाँले एम्बुलेन्स मार्फत पत्रकार र पत्रकारका परिवार तथा दुर्घटनाका घाईतेहरुलाई निःशुल्क सेवा समेत गर्दै अाईरहेकाे र आगामी दिनमा अर्को एम्बुलेन्स थप गर्ने प्रयास भईरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य मोहन पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारी, समाजसेवी बुद्धन अलि लगायतले अधिबेशन काे सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रमा संघका सदस्य एवं नेपाल पत्रकार महासंघ नवलपरासी का सदस्य पप्पु रेग्मीको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन संघका सचिव धुर्ब नारायण बानियाले गर्नुभएको थियो ।