Jilla Ban Notis

भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था बिषयक अन्तरक्रिया सम्पन्न

0 68

बर्दघाट,जेष्ठ–१३
क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको आयोजनामा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवसको सन्र्दभमा अन्तरक्रिया कार्यक्रम शनिवार बर्दघाट–२ चिसापानीस्थित रोयल कटेजमा सम्पन्न भएको छ ।
कृष्ण सेन ‘इच्छुक’को २२ औँ स्मृति दिवसको अवसरमा सो पार्टीले भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालका महाधिबेशन आयोजक समिति सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले भष्ट्राचारमा पोख्त भएको संसदीय ब्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउन अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले संसदीय ब्यवस्था राष्ट्रघाती जनघाती रहेको उल्लेख गर्दै यो ब्यवस्थाको अन्त्य गर्नका लागि क्रान्तिकारीहरुबीच एकता गरेर पार्टी अगाडि बढिरहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले संसदीय ब्यवस्था र भष्ट्रचारबीच नङ र मासुको सम्बन्ध रहेको चर्चा गर्दै जनपक्षीय लेखक पत्रकार तथा सांस्कृतिककर्मीहरुले जनतालाई संसदीय ब्यवस्थाको बिकल्पका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य राष्ट्रघात जनघात मात्र नभई देशद्रोह समेत रहेको बताउदैं संसदवादी पार्टीहरुले यसलाई राजनीतिक दाउपेच बनाएर ढाकछोप गर्ने प्रपञ्च गरेको उहाँले आरोप लगाउनुभयो ।

कार्यक्रममा अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्गा नारायण चौधरीले भष्ट्राचारले देशलाई कलंकतर्फ लगेको बताउनुभयो ।

कार्यक्रममा अर्का बक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारीले जनताको संर्घषबाट मात्र भष्ट्राचारको अन्त्य गर्न सकिने बताउनुभयो । उहाँले वर्तमान सरकारले भष्ट्राचारीहरुको फाइल खोल्नु सकारात्मक रहेको उल्लेख गर्दै बाइडबडी,ओम्नी लगायतका काण्डमा संम्लग्नहरु माथि समेत कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य तथा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिर, दिब्यज्योति बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा निर्वाचित अखिल क्रान्तिकारीकी नेतृ बिमला गिरी लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला नेता गणेश बहादुर ढकालको संचालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.