Jilla Ban Notis

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित

0 61

३० पौष ,नवलपरासी
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् ।

पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५ औं केन्द्रीय परिषद बैठकबाट काठमाडौका बराल सभापतिमा चयन भएका हुन् । उनी यसअघि समाजको महासचिव रहेका थिए ।

समाजको वरिष्ठ उपसभापतिमा कृष्ण रावल ,उपसभापतिमा राजेन्द्र पौडेल, महिला उपसभापतिमा पुष्पा मल्ल , महासचिवमा रेनुका पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै, ७ जना प्रदेश सचिव र ४ जना समावेशी सचिवमा क्रमशः लक्ष्मीनारायण मिश्र (१ नं प्रदेश ), अमरबहादुर गौतम (मधेश प्रदेश), चन्द्रमणी बन्जारा (बाग्मती प्रदेश), सीताराम तिवारी (गण्डकी प्रदेश), सन्तोष अधिकारी क्षेत्री ( लुम्बिनी प्रदेश ), प्रकाश शारी (कर्णाली प्रदेश) , भक्तबहादुर बिक (सुदुरपश्चिम प्रदेश ) ,रामप्रसाद जोशी (जनजाती) मिना ढकाल(महिला) निर्मल नेपाली (दलित) सन्तोष रौनियार(मधेशी) चयन भएका छन् । कोषाध्यक्षमा किरण ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा फूल माया सुनार ,जानुकादेवि अधिकारी ,मिरादेवी अधिकारी,नम्रता खरेल, ज्ञानेन्द्र निरौला,बिनोद अधिकारी,तुलसीराम सुनार,धनपती खनाल,देवराज भट्टराई ,दिल्ली प्रसाद जैसी निर्वाचित भएको निर्वाचन अधिकृत बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले जानकारी दिए ।
परिषद बैठकले देशमा नयाँ शासन व्यवस्था आएपनि मानव अधिकार र लोकतन्त्र कमजोर अवस्थामै रहेको ठहर गर्दै शान्ति समाजको भूमिकालाई अझ शसक्त बनाउँदै लैजाने निर्णयसमेत गरेको छ ,नयाँ संविधान जारी भएर तीन तहका सरकार बने पनि सुशासन कायम हुन नसक्नु सरकारको कमजोरी भएको समाजले ठहर गरेको छ ।

अझै पनि लोकतन्त्र र मानवअधिकार सुरक्षित हुन नसकेको पुष्टि गरेको भन्दै उनले त्यसका लगि जनस्तरमा सचेतना र नेतृत्वलाई सही मार्गमा हिड्न दबाब दिनुपर्ने बक्ताहरुले जोड दिए ।

मानव अधिकार तथा शान्ती समाज नवलपरासी जिल्ला शाखाको आतिथ्यता रहेको २५ औं केन्द्रिय परिषद बैठक २९ देखि ३० गते सम्म सञ्चालन भएको थियो ।

Leave A Reply

Your email address will not be published.