Jilla Ban Notis

बर्दघाटका टोप बहादुर एएफसी यू–२० एसियन कप छनोट प्रतियोगितामा भाग लिन बहराइ पुगे ।

0 154

कृष्ण ढकाल
बर्दघाट,भदौं–२३
एएफसी यू–२० एसियन कप छनोट प्रतियोगितामा भाग लिन नवलपरासीका फुटवल खेडाली टोप बहादुर राना (अनुप) बहराईन जान सफल भएका छन । सानै उमेर देखि फुटबल खेलमा रुची राख्ने टोप बहादुरले आफ्ना संगीसाथीहरुसंग संगै हिड्डुल गर्न भन्दा फूटवल खेलका प्रतियोगिताहरुमा जाने र हेर्ने गर्दे गर्दा २०७४ सालमा एन्फामा प्रवेश गर्न सफल भएका टोप बहादुर आफ्नो लामो मिहनत पछि अहिले एएफसी यू–२० एसियन कप छनोट प्रतियोगितामा बहराइन जान सफल भएको अनुपका बाबा बुद्धि बहादुर रानाले बताउनु भएको छ ।

भारतीय सेनावाट सेवानिवृत्त हुनुभएका बुद्धि बहादुरले आफ्नो छोराको एकोहोरो फुटबलप्रतिको लगाब र मिहनतका कारण पछिल्लो समयमा नेपालका बिभिन्न स्थानमा हुने फुटबल प्रतियोगिताहरुमा बोलाएको देख्दा छोराको खेल हेर्ने आफु निक्कै उत्साहित भएको बताउनु भएको छ । तर मौका नमिलेको बताउदै अहिले भने बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिता टिभिमै भएपनि नछोडेर हेर्ने बताउनु भएको छ ।

सानोमा आफुले छोरालाई पढाईमा बढी जोडदिन कोसीस गरे पनि टोप बहादुरले फूटबलमा नै बढी चाँसो दिने गरेको आमा ममता रानाले बताउनु भएको छ । उहांले आफुले सोँचेको भन्दा पनि छोराछोरीले चाहेको कुरामा निगरानी गरेर त्यही विद्यामा लाग्न दिनु पर्ने रहेछ भन्दै पहिले आफुले छारोको चाहना बिपरित बेला बेलामा आफुले छोराका फूटबलहरु फालिदिने र फूटाई दिने ,छोराका साथीहरुलाई र छोरालाई फूटबल खेल्दा गालीगरेको बताउदै अहिले भने पढाई र खेललाई संगै अघिबढाउदै छोराले प्रगति गरेको देखदा आफु खुशी भएको बताउनु भएको छ ।

फुटबल खेलमा गोलरक्षकको पाटोमा निक्कै ख्याती प्राप्त अनुप नेपाली राष्ट्रिय यू–२० टोलीमा पनि गोलरक्षक भएर नै खेलमा सहभागि हुने गरी आजबिहान बहराइन लागेका छन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ र एन्फा पदाधिकारीले बहराइन जानुअघि यू–२० टोलीलाई हिजो अर्थात बुधवार बिदाइ गरेको थियो ।
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्वर ९ पञ्चनगर (भुताहा) मा स्थायी बसोवासगर्दै आएका टोप बहादुर एन्फाको खेलाडी भएसंगै काठमाण्डौंमा बस्दै आएका थिए ।

परिवारमा राम्रो सपोट पाएका टोप बहादुरको फूटबल खेलमा सफलता दिलाउन उनकी दिदि आरती रानाको पनि उत्तिकै महत्वपूर्ण देन रहेको छ । पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेकी आरती रानाले पारिवारीक बातावरण देखि वाहिय वातावरण मिलाउने कार्यमा सहयोग गर्दै आएकीछन भने अर्का अन्तराष्ट्रीय फूटबल खेलाडी बिमल घर्तीको पनि त्यत्तिनै साथ र सपोट टोप बहादुरलाई मिलेको छ ।

एन्फामा नै रहेर उच्च शिक्षा हाँसिल गरेका टोप बहादुरको यो टोली एएफसी यू–२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा कतार, बहराइन, भुटान र बंगलादेशसँगै छ ।समूह चरणका खेलहरु सेप्टेम्बर १० देखि १८ सम्म हुनेछन् ।
नेपालले सेप्टेम्बर १० मा भुटान र सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ । नेपालले सेप्टेम्बर १४ मा बहराइन र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यू–२० एसिया कपका लागि छनोट हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.