कृष्ण ढकाल
वर्दघाट भदौ २७
६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बालसञ्जाल नवलपरासी र बर्दघाट नगरबाल सञ्जालले वर्दघाटमा प्रभाव फेरि निकालेको छ। वर्दघाट बजार पुरानो चौकीबाट सुरु भएको उक्त प्रभात फेरि बर्दघाट लक्ष्मीनगर पुगेर पुनः चोकमा आएर कोण सभामा परिणत भएको थियो। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त प्रभात फेरी कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय वर्दघाट नगरपालिकाका बालफोकल पर्सन कृष्ण हरि पौडेल वर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष वेद बिना तिवारी,बालअधिकारकर्मी समीर परियार लगायतको उपस्थिति रहेको छ ।

बालबालिकामा पर्ने समाजिक तथा मनोवैज्ञानिक नकारात्मक प्रभावका विरुद्ध निकालिएको सचेतना र्यालीमा जिल्लाका बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बालबालिकाको हक अधिकार र कर्तव्यको बारेमा लेखेका विभिन्न किसिमका प्लेकार्डहरु सहित निकालिएको उक्त र्यालीले नगरको परिक्रमा गरेसँगै भएको कोणसभामा बोल्दै बालबालिकाहरुले आफ्नो अधिकारसँगै कर्तव्यको पनि पालना गर्नुपर्ने धारणा राखेका थिए।

जिल्ला बाल सन्जाल नवलपरासीका जिल्ला अध्यक्ष आदर्श भण्डारीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्लाभुलाल श्रेष्ठको प्रमुख अतिथ्तयतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बालबालिकाहरूको हक अधिकारका लागि आफू र आफ्नो नगर कटिबद्ध रहेको धारणा राख्नुभएको थियो ।

जिल्लाबाल सञ्जालका सचिव साहिद अलि मियाको सञ्चालन रहेको कार्यक्रममा वर्दघाट नगर र जिल्लाका अन्य पालिकाका बालबालिकाहरूको उपस्थित रहेको थियो.
