बर्दघाट,भदौं–१८
रामु भुसाल
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पश्चिम नवलपरासीको आयोजनमा रेड प्लस उत्सर्जन न्युनिकरण कार्यक्रम तथा लाभको बाडफाडमा सामुदायिक सहभागिता र पहुंच सम्बन्धी सचेतना कार्यक्रम शनिबार चिसापानीमा सम्पन्न भएको छ ।

महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य गिता चौधरीको प्रमुख आतिथ्यता एवं महासंघका प्रदेश सचिवालय सदस्य नारायण पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला अध्यक्ष परियारले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै महासंघ सामदायिक वनको हकहतिको लागी संघर्षरत रहेको बताउदै सामुदायिक वनले पनि आफ्नो लक्ष्य अनुरुप कार्य गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बर्दघाट सरावल सव डिभिजन अन्र्तगत पर्ने सामुदायिक वनका पदाधिकारी, महासंघका जिल्ला पदाधिकारी, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा कार्वन उत्सर्जनमा सामुदायिक वनको भुमिका र त्यस बाट आउने लाभ समुदाय सम्म कसरी पहुच पुर्याउने विषयमा महासंघकी जिल्ला सदस्य सुमित्रा भट्राई र लुमाकान्त भुसालले सहजिकरण गर्नुभएको थियो । सिर्जना अर्याल कोइरालाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघकी जिल्ला सचिव शारदा पोखरेलले गर्नुभएको थियो ।
