Jilla Ban Notis

बैदेशिक रोजगार सम्बन्धी अन्र्तकृया कार्यक्रम बर्दघाटमा सम्पन्न

0 34

रामु भुसाल
बर्दघाट,असार–१५
पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य र कर्मचारीहरु संग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्र्तकृया कार्यक्रम बुधबार बर्दघाट मा सम्पन्न भएको छ । “स्वदेशमा नै रोजगारी गरौँ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ “भन्ने नाराका साथ बर्दघाट नगरपालिकाको नेतृत्व र सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विकास मञ्च पन्चनगर द्वारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामि) को आयोजनामा बर्दघाट नगर कार्यपालिका सदस्य र कर्मचारी हरु संग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको हो ।

ईन्द्रेणी समाजिक विकास मञ्चका सचिव होमराज कुवंरको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायको विशिष्ट आतिथ्यता र बर्दघाट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मेघनाथ पाध्यायको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि उपाध्यायले हाम्रो समुदायले भौतीक पुर्वाधार विकास बाहेक अन्य योजना तर्फ ध्यान नदिएको र भौतीक पुर्वाधार विकासलाई मात्रै विकास भएको ठान्दा समाजमा समानुपातिक विकास नभएको औल्याउदै अब पनि भौतीक पुर्वाधार विकासलाई मात्रै नभई समाजको सबै अंगलाई समानान्तर तरिकाले अगाडी बढाउन सके मात्र त्यो समाज विकसित भएको महसुस हुने बताउनुभयो ।

उहाँले स्थानिय सरकार संग संगै सहकार्य गर्दै ईन्द्रेणी समाजिक विकास मञ्चले समाज रुपान्तरणका लागी विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको प्रति धन्यबाद दिदै सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमा मञ्चले राम्रो कार्य गर्दै जुन अब्बलता हासिल गरेको छ त्यसै अनुरुप यस बर्दघाट नगरपालिकाले पनि आगामी दिनमा सो क्षेत्रमा सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउन नगरको दायित्व रहेको हुदा नगरले यस विषयलाई अपनत्व लिई विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको र आगामी दिनहरुमा समेत बैदेशिक रोजगार संग सम्बन्धित विभिन्न गतिविधिहरुलाई प्राथकिमता राख्दै निरन्तरता दिदै जाने बताउनुभयो ।

कार्यक्रममा इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले परियोजनाले गरेका कामहरु र परियोजनाका उदेश्य माथि प्रकाश पार्दै सहभागी लाई स्वागत समेत गर्नुभएको थियो । सो अवसरमा नगरमा परियोजना लागु भएदेखी नगरको बैदेशिक रोजगारीको अवस्था, समस्या र चुनौतीका बारेमा सामि परियोजनाका जिल्ला समयोजक ज्ञानेश्वर भण्डारीले जानकारी गराउनु भएको थियो भने सामि हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जियाउल हकले स्थानिय सञ्चालन ऐनमा बैदेशिक रोजगार सम्बन्धि भएका ब्यवस्था बारे सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई लगाएतले बर्दघाट नगरमा वैदेशिक रोजगार सम्बन्धी भए गरेका काम र आगमी दिनमा परियोजना सञ्चालनको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर कार्यपालिका सदस्यहरुले आ आफ्नो जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा बर्दघाट नगरपालिकाका कर्मचारी, सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विकास मञ्चका पदाधिकारी, नगर कार्यपालिकाका सदस्यहरु, सामि परियोजनाका कर्मचारी लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सामि परियोजनाका रिर्टनी स्वयं सेवक रामु भुसालले गर्नुभएको थियो । सुरक्षित आप्रवासन सामि नेपाल सरकार र स्वीस सरकार विच भएको दुई पक्षिय परियोजना हो ।

Leave A Reply

Your email address will not be published.