Jilla Ban Notis

लायन्स क्लब अफ दाउन्नेको अध्यक्षमा सुबेदी चयन

0 150

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ ८
शनिवार बर्दघाटको चिसापानीमा भएको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको १३ औं बार्षिक साधारण सभाले भिम प्रसाद सुबेदी (मनोज)को नेतृत्त्वमा नयां कार्यसमिती चयन गरेको छ । लायन बर्ष २०२२/०२३ का लागि नयाँ बोर्ड चयन भएको हो ।

लायन भिम प्रसाद सुबेदि(मनोज)को नेतृत्त्वमा नयां कार्यसमिती चयन गरेको छ । लायन बर्ष २०२२र०२३ का लागि नयाँ बोर्ड चयन भएको हो ।अध्यक्ष रहेको उक्त समितिमा प्रथम उपाध्यक्ष रमेश कुमार श्रेष्ठ रहनु भएको छ भने द्वितिय उपाध्यक्ष गणेश प्रसाद घिमिरे र तृतिय उपाध्यक्षमा यज्ञ प्रसाद पौडेल रहनु भएको डाइरेक्टर छबि लाल ढकालले जानकारी दिनु भएको छ ।

त्यसैगरी समितिको सचिवमा सन्देश भन्डारी ,सह सचिव मा अर्जुन प्रसाद पौडेल रहनु भएको छ भने कोषाध्यक्ष स्मा युब राज खत्री र सह कोषाध्यक्ष मा बिष्णु बहादुर बस्नेत रहनु भएको छ ।

त्यसैगरी टेल ट्युस्टरस्मा प्रेम पौडेल ,मेम्बर्शिप चियर पर्सन मा नारायन न्यौपाने ,क्ल्ब सर्भिस चियरपर्सन मा डा. सन्जिव पर्साइ ,क्ल्ब मार्केटिङ कम्युनिकेशन चियर पर्सन मा कृष्ण पराजुली र डाइरेक्टर हरुमा छबि लाल ढकाल, मोहन भट्टराई , लक्ष्मण पाण्डे साथै अध्यक्ष सल्लाहकार माद्वय प्रेम सुबेदि र कमल पौडेल मनोनित हुनु भएको निर्वाचन अधिकृत सन्तोष जोशिले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा निर्वाचन अधिकृत पुर्व अध्यक्ष ला सन्तोश कुमार जोशि ज्यू रहनु भएको थियो भने दुई पुर्व अध्यक्षहरु लक्ष्मण भट्टराई र मनोज खनाल निर्वाचन समिति सदस्य रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष तिलक राम खनाल को अध्यक्षता तथा रमेश कुमार श्रेष्ठ को संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

समाज सेवालाई सर्वोपरि राखि समाजका आफु भन्दा कम भाग्यशालि ब्यक्ति प्रति सेवा गर्ने मुख्य लक्ष्य सहित (हामी सेवा गर्छौं)भन्ने मुल मन्त्र लाई आत्मसात् गर्दै लायन्स कल्ब अफ नवलपरासी दाउन्ने १३ बर्ष अघि बर्दघाटमा सुरु भएको थियो ।
हरेक बर्ष नयाँ नेतृत्व चयन को अभ्यास गर्दैआईरहेको यस कल्ब मा यो बर्षको लागि नयाँ नेतृत्व चयन गर्नेक्रममा सुवेदीले नेतृत्व गर्ने अवसर पाउनु भएको हो ।
कार्यक्रमको पहिलो चरण मा बर्ष 2021/022को साधरण सभा सम्पन्न भएको थियो भने दोस्रो चरण मा निर्वाचन भएको थियो ।

Leave A Reply

Your email address will not be published.