Bardaghat Na pa

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नवलपरासीको अध्यक्षमा सुमन पन्त

67

जिवन न्यौपाने

बर्दघाट,चैत्र–१२
राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालको प्रथम नवलपरासी जिल्ला भेला तथा अधिवेशन बर्दघाटमा सम्पन्न् भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका लुम्बिनी प्रदेश कमीटीका अध्यक्ष चिन्तामणी ज्ञवालीको प्रमुख आतिथ्यता र चिन्तामणी नेपालको अध्यक्षतामा भएको भेलाले सुमन पन्तको अध्यक्षतामा नयां कमिटि गठन गरेको छ ।

जस्को उपाध्यक्षमा दिल माया गुरुङ्ग र अर्जुन कुमार उपाध्यय रहनु भएके छ भने सचिवमा भोजेन्द्र पौडेल,कोषाध्यक्षमा सन्तोष पौडेल र सह–सचिवमा मधुसुधन बस्याल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा गुन्जेश्वरी चौधरी, रीता थापा,मुक्तिराम बस्याल, अनुराधा भण्डारी र गणेश काफ्ले रहनु भएको छ ।

कार्यक्रममा पेशागत महासंघका नवलपरासी जिल्लाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल,नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद ढकाल,स्वास्थ्यकर्मी संघ पाल्पाका निर्वमान सचिव माधब ज्ञवाली लगाएले कार्यक्रममा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमको संचालन सनतोष पौडेल र ईन्द्र लामिछानेले गर्नु भएको थियो ।

त्यस्तै नवगठीत जिल्ला कार्यसमितिका अध्यक्ष सुमन पन्तको अध्यक्षतामा शनिवार नै भएको पथम बैठकले केहि महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले निर्वाचनमा खटिने सम्पूर्ण टिमलाई धन्वाद प्रकट गर्नुका साथै केन्द्रिय महाधिवेशनमा प्रतिनिधि पठाउने निर्णय र बैखाता संचालनको निर्णय समेत गरेको छ ।