Sarawal notish

रामग्राम र पाल्हीनन्दनका नेकपा एसका नेता कार्यकर्ता एमालेमै फर्किए।

200

परासी, ८ फागुन

नेकपा एकिकृत समाजवादी पश्चिम नवलपरासीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।

जिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकालाई कार्यक्षेत्र बनाई नेकपा एस पार्टीको प्रदेश, जिल्ला तथा गाउँ नगर कमिटी तथा भातृसंगठनमा क्रियाशील नेता तथा कार्यकर्ताहरुले आज एक विज्ञप्ति जारी गर्दै सामूहिक रुपमा आफूहरु पूरानै घर नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिलाई मुल्यांकन गर्दा एमालेको नेतृत्व बिना समृद्धि सम्भव नभएकोले पूरानै पार्टीमा क्रियाशील हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमालेमा फर्किनेमा नेकपा एस लुम्बिनी प्रदेश कमिटी सदस्य खगेश्वर पन्थी, प्रदेश सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य, सरिता पौडेल,प्रदेश सदस्य जगरानी यादव, नवलपरासीका वरिष्ठ उपाध्यक्ष कृपाललाल यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य एव.जिल्ला संयोजक भगवतीप्रसाद यादव,पार्टीका जिल्ला सदस्य निर्मला चौधरी, रामग्राम नगर अध्यक्ष रामप्रसाद पौडेल, नगर सचिव पार्वती विक, सहसचिव सुरज पौडेल लगायत रहनुभएको छ ।

यसैगरी अनेमसंघका जिल्ला कमिटी सदस्यहरु रिता पौडेल, डलिया चौधरी, सिमित्रि लोनिया, कौशिल्या सहानी, कविता चौधरी, हिमा भण्डारी, रुपा रान, पार्टीको नगर कमिटी सदस्य सरोज चौधरी, दुर्गा हरिजन, तारा चौधरी, उषा चौधरी, अनेमसंघका जिल्ला सदस्य तारा यादव, ईसरावती यादव, बरफी हरिजन, आशा हरिजन, कमला सन्यासी, आशा राना, कविता यादव, नगर सदस्य कन्चन पाण्डे, पार्वती केवट, सुर्यभान हरिजन, मुमिला निशा, कविता भर लगायत रहनुभएको छ ।

एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले उहाँहरुको निर्णयले खुशी बनाएको भन्दै बधाई दिनुभएको छ । एमाले जिल्ला सचिवालय सदस्य एवं रामग्राम नगर ईन्चार्ज धनपत यादवले उहाँहरुको निर्णयले एमालेमा फेरि रौनक छाएको भन्दै राजनीतिमा उतारचढाव सामान्य कुरा भएको बताउनुभयो ।