नवलपरासी जिल्लामा करिब १ करोड गोटा काँचो इट्टा गलेर नष्ट
४५ सय बढी मानिसहरु अब १५ दिन जतीका लागि बेरोजगार ।
कृष्ण ढकाल
बर्दघाट,माघ–२३
यस वर्ष हिउँदको समयमा आएको बर्षाले पश्चिम नवलपरासी जिल्लामा करिब १ करोड गोटा काँचो इट्टा गलेर नष्ट भएको नवलपरासी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष घनपत यादवले बताउनु भएको छ ।
पश्चिम नवलपरासी जिल्लामा रहेका २३ बढी ईट्टा उद्योगमा पोल्ने तयारी अवस्थामा राखिएका १ करोड बढी गोटा काँचो ईट्टा गलेर नष्ट हुँदा व्यवसायीले २ करोड ५० लाख बढी रुपैयाँको नोक्सानी व्यहोर्नु परेको जिल्ला अध्यक्ष यादवले बताउनु भएको छ ।
हिउँदको समयमा आएको बर्षाले अहिलेको अवस्थामा पश्चिम नवलपरासी जिल्लामा मात्र ईट्टा भट्टामा काम गर्ने करिब ४५ सय बढी मानिसहरु अब १५ दिन जतीका लागि आफुहरु बेरोजगार भएको भन्दै चिन्तीत भएका छन् ।

पोल्ने तयारी अवस्थाको आफ्ना दुई ईट्टा भट्टाका करिब २५ लाख ईट्टा पानीले गलेर पुरै नष्ट भएको हरि ईट्टा उद्योगका संचालक हरि श्रेष्ठले बताउनु भएको छ । बेमौसमी पानीका कारण उद्योगी मात्रहैन आफ्ना दुई उद्योगमा काम गर्ने करिव ६ सय मज्दुरहरु पनि १५/२० दिनका लागि बेरोजगार भएको संचालक श्रेष्ठले बताउनु भएको छ ।
