Bardaghat Na pa

कुचाे बनाउने तालिम सिक्दै चिसापानीका महिलाहरु

501

बर्दघाट ,चैत्र -१०

महिलाहरुलाई सीप प्रदान गर्ने उदेश्यले बर्दघाट २ ,चिसापानीमा कुचाे बनाउने तालिम प्रदान गरिएकाे छ ।ग्रामीण क्षेत्रमा पाइने अम्लिसो (झाडू घाँस) बाट तयार गरिने कुचोलाई आयआर्जनको माध्यम बनाउँदै स्थानीयस्तरमा आत्मनिर्भरता बढाउने उद्देश्यले महिलाहरुलाई कुचो बनाउने ताकिम सुरु गरिएको छ।

यस अभियानअन्तर्गत मुलतः गृहणी महिलाहरु लाई लक्षित गरी अम्लिसो संकलन, प्रशोधन र कुचो निर्माण सम्बन्धी तालिम प्रदान गरीएको छ। सहज रूपमा पाइने कच्चा पदार्थको प्रयोग गरी कम लगानीमै राम्रो आम्दानी गर्न सकिने भएकाले यो पेशा प्रभावकारी बन्न सक्ने बर्दघाट वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर क्षेत्री ले बताउनु भयो ।

अभियानले विशेषगरी ग्रामीण भेगका महिलालाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ। तालिमपछि सहभागीहरूलाई आवश्यक उपकरण तथा बजार व्यवस्थापनमा समेत सहयोग गर्ने योजना रहेको जनाइएको छ।तालिममा सहभागी महिलाहरुले हरेक घरमा कुचो दैनिक रुपमा प्रयोग हुने हुँदा निरन्तरता दिन सके राम्रो आयाअर्जन हुन सक्ने छ ।

बर्दघाट नगरपालिका वडा नम्बर २ को कार्यलयको सहयोगमा सञ्चालन भइरहेको यस तालिमले बेरोजगारी न्यूनीकरणका साथै घरेलु उद्योग प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। साथै, स्वदेशमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।