Bardaghat Na pa

कावासोती १३ गैरी निवासी अटो चालक गिरीको हत्या

पानीमा गाडिएको अवस्थामा शव फेला

59

ज्ञानु पंगेनी
कावासोती ,माघ १८
कावासोती १३ गैरी निवासी ५२ वर्षका माधव प्रसाद गिरीको हत्या गरेर पानीमा गाडिएको अवस्थामा शव फेला परेको छ ।
मृतक अटो चालक हुन् । कावासोती १३ स्थीत बौनाह पुल नजिकैको पानीको पोखरीमा गाडेर जलकुम्भीले ढाकेर छाडिएको अवस्थामा शप फेला परेको हो । प्रहरीले घटना स्थललाई शिल गरेर अनुषन्धानलाई अगाडी बढाएको छ ।
मृतककी छोरी सृष्टि सिरिषका अनुसार गएराति करीब साढे नौ बजेतिर एक जना २१ , २२ वर्षका यूवा आर्मी हो । लौखानीसम्म छाडिदिनुप¥यो भनेर अटोमा लग्दिनका लागि बिन्ती गरेको थियो । मृतक गिरीले राति नजाने कुरा गर्दा जति पैसा लागेपनि दिने , रक्सि पनि खुवाउने भन्दै उसले छोरी सृष्टिको समेत खुटटो ढोगेर पु¥याउन आग्रह गरेको छोरी सृष्टिको भनाई छ । उहाँले उक्त वयक्तीलाई पहिलो पटक देखेको बताउनुभएको छ । करीब राति १० बजे अटो लिएर निस्कनुभएका मृतक गिरी १२ बजेसम्म पनि नआएपछि बारम्बार फोन गर्दा फोन नलागरेको मृतककी श्रीमती पूजा कुमारी श्रीसले बताउनुभयो । पहिले पनि बिरामी लिएर अटोमा लैजाने राति पनि घरमा नआउने गरेकाले त्यस्तै केही परेरनआएको होला भन्ने सोचेर राति सुतको श्रीमती पूजाको भनाई छ ।
मंगलबार बिहान ६ बजेतिर स्थानीयले बौनाह पुल नजिकै अटो दुर्घटनाग्रस्त अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । तयसपछि परिवार र स्थानीयले अटो भएको आसपास खोजतलास गर्दा शव फेला पारेका हुन् । श्रीमती पुजाका अनुसार अटो भएको स्थानभन्दा तल्लो पट्टी जमिनमा घिसारेको डाम , पैसा छरिएको अवस्था , जुत्ता चप्पल समेत देखेपछि कहि पानी मुनी केही गरेर फालेका त होईनन् भन्ने शंका लागेर हेर्दा शव गाडेको अवस्थामा फेला परेको थियो ।
श्रीमती पूजाका अनुसार सोमबार दिउसो पनि उस्तै हुलिय भएका एक युवक अटो खोज्दै घरमै आएका थिए । मृतक गिरी नभएपपछ उनी फर्किएका थिए । राति आफु सुतेकाले उक्त युवकलाई नदेखेको छोरीले बताए अनुसार सोही व्यक्ती हुन सक्ने उहाँको भनाई छ । घटना स्थल न जिकै फेला पारिएको जुत्ता , मोबाईल अटो खोज्दै आएका व्यक्तीकै रहेको छोरी सृष्टिले दावी गर्नुभएको छ । प्रहरीले घटना स्थललाई शील गरेर अनुषन्धानलाई अगाडी बढाएको छ ।
गिरीको सुनियोजित रुपमा हत्या भएको आशंक स्थानीय र आफन्तले गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् ।