Jilla Ban Notis

राष्ट्रिय जन संस्कृतिक माहासंघ लुम्बिनी प्रदेश कमीटीको बैठक सम्पन्न्

0 31

कृष्ण ढकाल
बर्दघाट,माघ–३
राष्ट्रिय जन संस्कृतिक माहासंघ लुम्बिनी प्रदेश कमीटीको बैठक आईतवार बुटवलमा सम्पन्न् भएको छ । लुम्बिनी प्रदेश कमीटीका सह संयोजक लक्ष्मी बर्तौलाको अध्यक्षता र पार्टी केन्द्रीय कमीटी सल्लाहकार डा.कपिल देव लामीछानेको प्रमुख अतिथि उक्त बैठक सम्पन्न् भएको थियो ।

बैठकमा पार्टी प्रदेश कमिटीका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ ,प्रदेश कमिटीका सचिवालय सदस्य पुरन गुरूङ, नन्दकिशोर ढकाल,पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी , संविधान सभा सदस्य एवं जन संस्कृतिक माहासंघका केन्द्रिय कमितीका सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज सिन्धु जलेसा बुढाथोकी ,दिल बाहादुर आचार्य लगायतको उपस्थिती रहेको थियो ।
जन संस्कृतिक माहासंघका केन्द्रिय सदस्य तथा प्रदेश सचिव विजय सापकोटाको संचालन र नारायण लेकालिले स्वागत मन्तव्य वाट शुरु भएको उक्त बैठकमा राष्ट्रिय जन संस्कृतिक माहासंघ संग सम्बिन्धित बिभिन्न विषयमा छलफल तथा निणर्यहरु भएको बताईएको छ ।

बैठकले प्रदेशका सबैजसो जिल्ला ईन्चार्जहरू लगायत विभिन्न घटकका संयोक/सह संयोजक चयन समेत गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.