Jilla Ban Notis

दैनिक रेखदेख गर्ने बाटोमा सिँडि तथा रेलिङ्ग निर्माण।

0 29

कृष्ण ढकाल

बर्दघाट,पौष–२७
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जँगल मुहान क्षेत्रको पानी प्रशोधन केन्द्र तथा रिजर्भ वायर ट्याँकि तर्फ जाने बाटोमा सिँडि तथा रेलिङ्ग निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
बर्दघाट सानाशहरी खानेपानी आयोजनाको जँगल मुहान क्षेत्रमा भैरहेको निमार्ण कार्यकालागि बर्दघाट नगरपालिकाले ४ लाख ३४ हजार र संस्थाले १ लाख ८ हजार लागत साझेदारी रहर्ने गरी उक्त कार्य भैरहेको संस्थाका अध्यक्ष घातानन्द बस्यालले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाको ८० प्रतिशत आर्थिक सहयोग एवम सस्थाको २० प्रतिशत गरि जम्मा ५ लाख ४२ हजार ५ सय ९० रुपैयाको सहलगानीमा उक्त योजना सम्पन्न गर्ने तयारीमा रहेको संस्थाका ब्यवस्थापक विष्णु कुमार भुषालले बताउनु भएको छ ।

अहिले भैरहेको निमार्ण कार्य सम्पन्न् भएसंगै खानेपानी सँकलन क्षेत्रको दैनिक रेखदेख,क्लोरिनेशनको कार्य,वातावरणिय सँरक्षण,गरि गुणस्तर खानेपानी वितरणमा अझवढी टेवा पुग्नेमा आफुहरु आशावादी रहेको संस्थाका ब्यवस्थापक भुषालको भनाई रहेको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जँगल मुहान क्षेत्रको पानी प्रशोधन केन्द्र तथा रिजर्भ वायर ट्याँकि तर्फ जाने बाटोमा निमार्ण भैरहेको सिँडि तथा रेलिङ्ग निर्माणकार्य को सस्थाका पदाधिकारी एवम बर्दघाट नगरपालीका प्राविधिक सहितको संयुक्त टोलीले अनुगमन समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.