Bardaghat Na pa

जहदामा पुस्तकालय स्थापना दिवस मनाइयो

84

रामु भुसाल

बर्दघाट,पौष–२४

जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ जहदाको आठौ पुस्तकालय स्थापना दिवस विविध कार्यक्रम गरि शनिबार सम्पन्न गरिएको छ । स्थापना दिवसको अवसर पारि लायन्स क्लब अफ बुद्धमंगल र नेपाल रेडक्रश शोसाइटी बुद्धमंगल उपशाखाको सहकार्यमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । पुस्तकालयका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा लायन्स क्लब अफ बुद्धमंगलका प्रथम अध्यक्ष गजेन्द्र गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्दघाट १२ र १३ का १४ जना पुरुष र १ जना महिला गरि १५ जनाले रक्तदान समेत गरेको ट्याग परियोजना कार्यक्म समयोजक एवं प्रशिक्षक लक्ष्मी धिताङले जानकारी दिनुभएको छ ।

सो अवसरमा पुस्तकालय द्धारा सचालित विभिन्न परियोजनाका कर्मचारी, ट्याग परियोजनाका किशोरी, समाजसेवी, बुद्धिजिवी, कार्य समितिका पदाधिकारी लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो ।