Bardaghat Na pa

अभिभावक र शिक्षाप्रेमीहरु एक भएर लाग्न मन्त्री खाँको आग्रह

राष्ट्रिय मावि,कोटाहाको ६२ औ वार्षिकोत्षब तथा अभिभावक दिवस समारोह सम्पन्न् ।

116

कृष्ण ढकाल
बर्दघाट,पौष–१८
जब सम्म स्थानिय अभिभावक र शिक्ष्ाँप्रेमीहरु एक भएर लाग्दैनन् तब सम्म सामुदायिक विद्यालयहरुमा सुधार नआउने लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वशिउद्धिन खाँले बताउनुभएको छ । मन्त्री खाँले विद्यालयका भौतीक संरचना सुधारेर मात्र नहुने भन्दै शैक्षिक गुणस्तर सुधारन स्थानिय अभिभावकहरु नै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

आज नवलपरासीको बर्दघाट–७ मा रहेको राष्ट्रिय मावि,कोटाहाको ६२ औ वार्षिकोत्षब तथा अभिभावक दिवस समारोहमा बोल्दै मन्त्री खाँले उक्त कुरा बताउनु भएको हो । मन्त्री खाँले लुम्बिनी प्रदेश सरकारले यो वर्ष देखि मुख्यमन्त्री शैक्षिक विकास शुधार योजना संचालन गरेको बताउदै प्रदेशका १ सय ९ स्थानिय तहमा मुख्यमन्त्री शैक्षिक विकास शुधार योजना संचालनमा रहेको बताउनु भएको थियो।

त्यसैगरी विज्ञान विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी र कम्लहरी मुक्त विद्यार्थीहरुका लागि छात्रवृत्तिको विषेश योजना प्रदेश सरकारले ल्याएको समेत बताउनु भएको छ। त्यसैगरी राज्यले माध्यमिक तह सम्म निःशुल्क शिक्षा भने पनि विविधकारणले सो कार्यान्वयन हुन नसकेको बताउनु भएको थियो ।

राष्ट्रिय मावि,कोटाहाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारु (कैलास)को अध्यक्षता र लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वशिउद्धिन खाँको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवी पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, नगर शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुंवर, शान्ति निकुञ्ज मावीका प्र.अ. विजयरत्न पराजुली, चिसापानी बहुमुखी क्याम्पसका अध्यक्ष वृहस्पति अधिकारी, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

शिक्षक भिमराज पंगेनीको स्वागत मन्तब्य र शिक्षक सुबाष रेग्मीको संचालन रहेको उक्त समारोहमा विद्यालयका प्र.अ. शेषकान्त पौड्यालले विद्यालयको वार्षीक प्रगति प्रतिबेदन सहित आर्थिक बर्ष ०७७/०७८ को १ करोड ८६ लाख बराबरको आय –ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्नुहुने सहयोगदातालाई सम्मान र विभिन्न विद्यामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।