Bardaghat Na pa

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको कार्यालय समुद्घाटन ।

युवा तथा विद्यार्थीहरु संगठनमा आवद्ध हुदै रचनात्मक कार्यमा लाग्न पार्टी अध्यक्ष अधिकारीको आग्रह ।

54

कृष्ण ढकाल
बर्दघाट,साउन–२८
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले आज एक कार्यक्रमका विच आफ्नो कार्यालयको समुद्घाटन गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कार्यालयको समुद्घाटन गर्नु भएको हो ।

नवलपरासीको सदरमुकाम परासीमा रहेको मनमोहन स्मृति भवनमा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरीएको कार्यालय समुद्घाटन तथा अन्तराष्ट्रिय युवा दिवस विषेश कार्यक्रमलाई सम्बोधनगर्दै जिल्ला अध्यक्ष अधिकारीले युवाहरुलाई अझै सम्म रोजगारीसंग जोडेर अघिबढ्न नसकिएको भन्दै अब क्रमश रोजगारीसंग जोडीने अभियान संचालन गर्न जरुरी रहेको बताउनु भएको थियो ।

उहांले व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गोे मुलुकको विकासमा युवा तथा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले अब नवलपरासी जिल्लाका युवा तथा विद्यार्थीहरु संगठनमा आवद्ध हुदै रचनात्मक कार्यमा लाग्न आग्रह गर्नु भएको थियो ।

अहिले पछिल्लो समयमा पार्टीका हरेक गतिविधिहरुमा युवा तथा विद्यार्थीहरुको उत्साहजनक कार्यले गर्दा जिल्लामा नेकपा एमालेमय भएको भन्दै युवा तथा विद्यार्थीहरुलाई अझ संगठीत भएर लाग्न निर्देशन दिनु भएको थियो ।

हरेक संगठनका नेता कार्यकर्ताहरु अहिले सक्रिय भएका कारण जिल्लाका सबै तहमा संगठन मजबुत हुदैगएको बताउदै जिल्ला अध्यक्ष अधिकारीले युवा जहिले पनि रचनात्मक र सामाजिककार्यमा क्रियाशील हुदां पाटी मज्बुत हुने र युवा कम्जोर हुंदा पार्टी कम्जोर हुने भएकाले आगामी दिनमा अझ संगठीत भएर अग्रभागमा रहेर काम गर्न निर्देशन गर्नु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका संयोजक युवराज डुम्रेको अध्यक्षता सचिव ज्ञान प्रसाद पाठक (सन्तोष)को संचालन र उपाध्यक्ष रामु भण्डारीको स्वागतवाट शुरु भएको कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य बिमला अर्याल,राष्ट्रिय युवा संघ नेपालका स्थाई कमिटी सदस्य रमेश पौडेल लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।