Jilla Ban Notis

बर्दघाट नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरणको तथ्याक संकलनकार्य शुरु

0 14

माधब प्रसाद धिमिरे
बर्दघाट,साउन–७
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले नवलपरासीमा बर्दघाट नगरपालिकावाट राष्ट्रिय परिचय पत्र वितरणको तथ्याक संकलनकार्य शुरु गरेको छ ।

विभागले विहिवार बर्दघाट नगरपालिकामा एक कार्यक्रमको आयोजनागरी राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्याक संकलन गर्दा गरीने कार्य विवरणका वारेमा नगरका सबै जनप्रतिनिधिनि र कर्मचारीलाई जानकारी गराएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरणका लागि गरीने तथ्याक संकलनका क्रममा नगरका सबै वडा तहसम्म पु¥याउने गरी सबैलाई जानकारी गराउन र सहयोग गर्नका लागि विभागकी निर्देशक विनिता भट्टराईले आग्रह गर्नु भएको थियो ।

बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल,उप प्रमुख माया देवि पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य सहति नगरका सरोकारवालाहरको उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागिहरुले आफुहरुले राष्ट्रिय परिचय पत्र वितरणको तथ्याक संकलनकार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झटवाट मुक्त गर्नका लागि नेपाल सरकारले राष्ट्रिय परिचय पत्र प्रदान गर्न लागेको बताईएको छ ।

राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण समावेश गरीने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.