बर्दघाट,साउन–७
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ । स्मृति दिवसको अवसरमा नवलपरासीका सातै स्थानिय तहहरुमा नेकपा एमालेले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।
स्मृति दिवस मनाउने क्रममा कतै वृक्षारोपण र कतै अन्र्तक्रिया कार्यक्रम गरेर मनाउने क्रम जारी रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।
वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा जन्मनुभएका श्रेष्ठले नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए।
२००६ साउन ७ अर्थात् सन् १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुका साथै पुष्पलालले दुई वर्ष २००८ साल सम्म महासचिव चलाएका थिए। पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलोचोटि नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र हो ।
पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा जनवादको नारा उनैले लगाए । उनलाई मौलिकवादी चिन्तक पनि मानिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेय पुष्पलाललाई जान्छ ।
२२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्ता श्याम बजारमा भएको हो । त्यहीबेला संस्थापक महासचिव पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिएका हुन ।