Jilla Ban Notis

पाल्हिनन्दनमा आर्थिक अनुदान देखि कृषियन्त्र र अपाङ्ग सहायता सामाग्री वितरण

0 90

कृष्ण ढकाल
बर्दघाट,साउन–३
नवलपरासी जिल्लाको पाल्हिनन्दनगाउंपालिकाले गरीव तथा विपन्न महिलाहरुलाई आर्थिक अनुदान प्रदान गरेको छ । सहकारीमा आवद्ध रहेका गरीव तथा विपन्न महिलाहरुको आयआर्जन तथा पोषण सुधारको लागि आर्थिक अनुदान प्रदान गरीएको गाउंपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपकले) बताउनु भएको छ।
वडानम्वर–२ हरपुरको जानकी महिला बचत तथा ऋण सहकारीमा आवद्ध २५ जना महिलाहरुलाई तराकारी खेती र पशुपालन ब्यवसायमा आबद्धगरी उनीहरुको आर्थिक स्थिती सवल बनाउनका लागिजनही २५ हजारका दरले अनुदान रकम प्रदान गरीएको गाउंपालिका अध्यक्ष गुप्ताले बताउनु भयो।

त्यस्तै पाल्हिनन्दन गाउंपालिकाले आफ्नो गाउंपालिका भित्ररहेका धानखेती गर्ने किसानहरुको आयआर्जनमा वृद्धि गर्नका लागि आधुनिक प्रविधिका कृषियन्त्रहरु वितरण गरेको छ ।
किसानहरुको ५० प्रतिशत लागत साझेदारीमा वितरण गरीएका आधुनिक प्रविधिका कृषियन्त्रहरुमा स्प्रे ट्याङ्की ८२ थान,पानी तान्न्े मोटर १९ थान,सिडी मिेसिन १९ थान लगाएका कृषियन्त्रहरु वितरण गरीएको गाउंपालिका अध्यक्ष गुप्ताले बताउनु भयो।

त्यसैगरी पाल्हिनन्दन गाउंपालिकाले आफ्नो पालिकामा रहेका फरक क्षमता भएका अर्थात अपाङ्ग भएका ब्यीक्तहरुलाई पनि अपाङ्गा सहायता सामाग्रीहरु वितरण गरेको थियो ।
आईतवार एक कार्यक्रका विच ४१ जना फरक क्षमता भएका अर्थात अपाङ्ग भएका ब्यीक्तहरुलाई ह्लिचियर वितरण गरीएको गाउंपालिका अध्यक्ष गुप्ताले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.