Bardaghat Na pa

प्रहरीले ६ वटा पिकअप गाडी सहित हरियो मटर,६ लाख ७५ हजार मुल्य बराबराको खासीबोका पक्राउ

44

गौरीशंकर जयसवाल

परासी २९ असार
पश्चिम नवलपरासी प्रहरीले ६ वटा पिकअप गाडी सहित हरियो मटर पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ६ वटा पिकअप गाडी सहित हरियो मटर पक्राउ गरेको हो ।नेपालबाट भारततर्फ लाग्दै गरेको अवस्थामा जिल्लाको रामग्राम र प्रतापपुरबाट बाट उक्त हरियो मटर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।


उनको अनुसार ६ वटा पिकआप गाडीमा एक सय ८० क्बीन्टल हरीयो मटर पक्राउ गरिएको बताए । नेपालबाट लुकाई छिपाई भारत तर्फ लाग्दै गरेको अवस्थामा २२ लाख १४ हजार मूल्य बराबरको हरीयो मटर पक्राउ गरिएको प्रहरी कार्यालयका सुचना अधिकारी एव डिएसपी राजुलामाले बताए । उक्त ६ वटा पिकआप गाडी सहित हरियो मटर पक्राउ अनुसान्धानको लागि महेशपुर भन्सार चालन गरिएको डिएसपी लामाले जानकारी दिए ।
यस्तै नवलपरासी प्रहरीले भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा खासीबोका पक्राउ गरेको छ । भारतबाट नेपाल भित्राईएर शालिमान खानको घरमा लुकाईएर राखेको अवस्थामा खासीबोका पक्राउ गरिएको प्रहरी उपरीक्षक यादवले बताए । प्रहरीले ६ लाख ७५ हजार मुल्य बराबराको ४५ वटा खासीबोका पक्राउ गरिएको यादवले जानकरी दिए ।
पक्राउ गरिएको खासीबोका महेशपुर भन्सार कार्यालय चालन गरेको प्रहरीले जानएको छ ।