Jilla Ban Notis

तपाईले तिर्ने विद्युतको महशुलमा कतै ठगीनु त भएको छैन ? पहिला यो पढ्नुस् ।

0 87

पौष–६

के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् ? यदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्दैछन् । यो नम्बरमा गर्नुहोस प्राधिकरणलाई फोन : 977-1-4153051 जेनतेन काम गर्ने र डेरामा बसेर जीविकोपार्जन गर्ने डेरावालहरुलाई घरबेटीहरुले जतिसक्दो चुस्न खोज्छन् । घरबेटीले अत्याचार गर्दा पनि न त राज्यमा गुनासो गर्ने ठाउँ हुन्छ, न त भन्नासाथ कोठा छाडेर जाने स्थिति बन्छ ।तर अब बदमास घरबेटीहरुको लुट्ने दिन सकिँदैछ । डेरावालको कोठामा राखेको मिटर बिगारेर, प्रतियुनिट २० रुपैयाँसम्म असुल्ने यस्ता डाँका घरबेटीहरु अब प्राधिकरणको फन्दामा पर्दैछन् । कुलमान घिसिङले डेरामा बस्ने परिवारसँग उठेभन्दा बढी बिजुलीको रकम असुल्ने घरबेटीहरुलाई यसो नगर्न चेतावनी दिएका छन् । मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न र गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । उसो भए प्रतियुनिट बिजुली खपत गर्दा डेरावालले घरबेटीलाई कति रुपैयाँ तिर्ने त रु तपाइँ डेरामा बस्नुभएको छ भने तपाइँको घरमा जति युनिट बिजुली उठेपनि बढीमा १३ रुपैयाँभन्दा बढी रकम तिर्नुपर्दैन । तपाइँ बस्ने घरमा प्रतिमहिना ४०० युनिटभन्दा बढी बिजुली उठ्छ भने मात्रै तपाइँले १३ रुपैयाँ तिर्ने हो । नत्र घरभरि २० युनिटसम्म उठ्दा ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्म उठ्दा ७ रुपैयाँ, ३१ देखि ५० युनिटसम्म उठ्दा ८ रुपैयाँ ५० पैसा, ५१ देखि १५० युनिटसम्म उठ्दा १० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म उठ्दा ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म उठ्दा १२ रुपैयाँ र त्यसभन्दा माथि उठे प्रतियुनिट १३ रुपैयाँसम्म मात्र तिर्नुपर्छ । विद्युत प्राधिकरणको वेभसाइटमै यसबारे पर्याप्त जानकारी दिईएको छ । – साभार

पुराविवरण तलको लिकंमा हेर्न सक्नुहुन्छ ।

https://www.nea.org.np/admin/assets/uploads/Consumer_Tarrif.pdf

Leave A Reply

Your email address will not be published.