कृष्ण ढकाल
बर्दघाट,असार–२८
बर्दघाट बजार नजिकै रहेको चुरेक्षेत्रमा बर्दघाट हिलपार्क बनाउने कार्यमा श्रमदान गर्न जानेहरुको संख्या दैनिक बढ्न थालेको छ । विश्व वातावरण दिवस २०२५ अर्थात जेष्ठ २३ गते देखि बिभिन्न जातका फल–फुल तथा बोट विरुवाहरु रोप्ने , चौपारी बनाउने ,पोखरी खन्ने देखि पार्क परिसरको झाडीसफाई गर्ने कार्य हुदै आएको छ ।
शुरुमा रामप्रसाद पौडेल,शोभकान्त कोइराला (शिव),दिलिप खत्री,शिव प्रसाद पाण्ड (गोपाल),गंगा पाठक लगाएतका ब्यक्तिहरु संभावनाको खेजी भन्दै दैनिक विहानी समयमा हिड्ने उक्त वनक्ष्ँेत्रमा २०८२ जेष्ठ २५ गते पत्रकार कुस्माकर ढकाल (कृष्ण) सहित उक्तटोलिले सो क्षेत्रको दिर्गकालिन संभाब्यता अध्ययन र प्रभावकारीका वारेमा गहन छलफलगर्दै सो क्षेत्रलाई आन्तरीक तथा वाहिय पर्यटकिय स्थलका रुपमा विकास गर्ने क्षेत्रका रुपमा विस्तार गर्ने योजना बनाएको थियो ।
२ वटा पोखरी खन्ने, चौपारी निमार्ण गर्ने देखि धुप्रै बोट विरुवाहरु लगाई सकिएको उक्त क्षेत्रमा दैनिक श्रमदान गर्नेहरु थपिदै गएका छन । पार्क निमार्ण र सौदरीकरणको कार्य भैरहेको छ तर पार्कको नामाकरण भने अझै वाँकी नै छ ।
बर्दघाट बजार मात्र हैन सुनवल र त्रिवेणी सम्मको सुन्दर मनोरमदृष्य पार्क क्षेत्रबाट देखिने भएकाले पत्रकार कृष्ण ढकालले उक्त क्ष्ँेत्रको नाम बर्दघाट हिलपार्क नै उत्तम रहेको भन्दै बर्दघाट हिलपार्कको नामबाट प्रचार प्रसार गरीरहनु भएको छ ।
उजाड वनक्ष्ँेत्रलाई हरियाली सहितको सौदरीकरण गरेर चुरेको पर्यावरण संरक्षण गर्दा सामाजिक र आर्थिक रुपमा समेत लाभलिन सकिने संभावना रहेको क्षेत्र समाजका ब्यक्तिहरुलाई पहिचान गराउने अभियान शुरु गरेपछि समाजका ब्यीक्तहरु अभियानमा जोडीदै जाँदा आफुहरु खुशी भएको अभियानका मुख्य अभियान्ता रामप्रसाद पौडेलको भनाई रहेको छ ।
सरकार ,दातृसंस्था र चन्दा संकलनको आशा भन्दा भावि पुस्ता र समाजको परिर्वतनका लागि श्रमदानबाट नै दिर्गकालिन आर्थिक र सामाजिक विकासको संभावना संगसंगै मानिसका दिर्गरोगहरुको न्यूनिकरण गर्न र स्वस्थ्य जिवनका लागि उपुक्त संभावना देखेर नै समाजलाई श्रमसंग जोडन खोजीएको अर्का अभियान्ता दिलिप खत्रीको भनाई रहेको छ ।
बर्दघाट नगरपालिका वडा नं। ४ मा रहेको पारिजात सामुदायिक वन क्षेत्रमा निर्माण गर्न लागिएको बर्दघाट हिलपार्क हेर्नकै लागि पनि अहिले दैनिक जसो विहानमा मानिसहरु जाने गरेका छन । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बर्दघाट उद्योग वाणीज्य संघ,बर्दघाट उद्योग ब्यापार संघ,बर्दघाट बजार विकास समिति ,बिभिन्न आमा समुहहरु लगाएत सामाजिक संघ संस्था र समुहहरु देखि बर्दघाट नगर सरकारका उप–प्रमुख रुद्रप्रकाश उपाध्याय सम्मको टोलिले उक्त बर्दघाट हिलपार्कमा पुगेर श्रमदान गरेको छ ।