कृष्ण ढकाल
बर्दघाट,भदौ–१३
बर्दघाट उद्योग वाणीज्य संघ,बर्दघाटले रसुवा,नुवाकोट,धादिङ्ग लगाएतका स्थानका बाढी पिडितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैया प्रदान गर्ने भएको छ । संघको आज बसेको बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैया जम्मा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष लेखनाथ न्योपानेले जानकारी गराउनु भएको छ ।
उता
बर्दघाट नगरपालिका वडा नं. १६ ,सूर्य नगरमा रहेको प्रगतिशिल आमा समुहले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ हजार ५० रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि समुहको तर्फबाट १५ हजार ५० रुपैयाँ सहयोग उपलब्ध गराएको आमा समुहकी अध्यक्ष दुर्गी सापकोटाले बताउनु भएको छ ।
तीजको समयमा रमाइलो गर्नुभन्दा विपतमा परेकाहरुलाई सहयोग गर्नु उचीत ठानेर आफ्नो समुहले सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको समुहकी सचिव भगवती खत्रीकोे भनाई रहेको छ ।
