कृष्ण ढकाल
बर्दघाट,असार–१
एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषय यतिवेला निक्कै चर्चाको बिषय बनेको छ । उक्त बिषयलाइ लिएर नेपाल र भारत विचको सिमा विवादका बिषयमा स्थानियहरुसँग भेटघाट तथा छलफल गर्न पश्चिम नवलपरासीका दुई सांसद सुस्ता वस्तीमा पुगेका थिए भने जिल्लामा सरोकारवालाहरुको सम्युक्त बैठक एवं छलफल समेत भएको छ ।
सुस्ताको नेपाली भूमिमा एक साताअघि भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोली प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सीमा क्षेत्रमा विवाद उत्पन्न भएको थियो। सोही विवाद र सुस्ताको समग्र सुरक्षा अवस्थालाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबीच छलफल भएको छ।
सुरक्षा संवेदनशीलता र भारतीय सुरक्षाकर्मीको प्रवेशको घटनापछि प्रतिनिधिसभा सदस्य रिंगला यादव र सांसद विक्रम खनाल सुस्तावस्तीमा पुग्नु भएको थियो । सो क्रममा सांसद विक्रम खनालले सुस्ताको वास्तविक र हालै सिर्जित समस्याका बारेमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा लिखित रूपमै जानकारी गराई कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संघीय सांसद खनालले दुवै देशका सुरक्षाकर्मीले गर्ने ुसंयुक्त गस्तीु बाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने र यसलाई तत्काल रोकिनुपर्ने बताउनुभयो।
त्यसैगरी स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै प्रतिनिधिसभा सदस्य रिंगला यादवले सुस्तावासीका समस्या समाधानका लागि संसददेखि सडकसम्म सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
स्थानीयसँगको संवादमा सांसद यादवले सुस्ताको मुद्दा कुनै एक सीमावर्ती बस्तीको समस्या मात्र नभई राष्ट्रिय सार्वभौमिकता, भू–अधिकार र नागरिक सुरक्षासँग जोडिएको संवेदनशील विषय भएको बताउनुभयो। नेपाली भूमि र जनताको अधिकार संरक्षणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले आवश्यक परे नेपाली भूमि जोगाउन बलिदान दिन पनि तयार रहेको बताउनुभयो ।
सुस्ताको समस्या समाधानका लागि पहल शुरू ः सरोकारवाला र सुस्तावासीबीच छलफल
एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानका लागि पहल थालिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबीच छलफलमा बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा र भूमिको रक्षा गर्नु प्रशासनको पहिलो दायित्व भएको बताउनुभयो।
उहाँले सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा गस्ती र निगरानी बढाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको समेत जानकारी गराउनु भयो ।
छलफलमा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्तावासीले सधैँ अभाव र त्रासका बीच पनि देशको सीमा रक्षा गरिरहेको उल्लेख गर्नुभयो। भारतीय एसएसबीले पटक(पटक फरक(फरक बहानामा नेपाली भूमिमाथि आँखा लगाउने गरेको उपाध्यायको भनाइ थियो। स्थानीय सरकारको तर्फबाट आफुहरु डटेर सामना गरिरहेको समेत बताउनु भएको थियो ।
छलफलमा आफ्नो पीडा राख्दै सुस्ताका स्थानीय बासिन्दा मुन्ना खाँले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति निकै कमजोर रहेको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ू त्यहाँ दरबन्दी अनुसार सुरक्षाकर्मीको सङ्ख्या निकै कम छ। पर्याप्त सुरक्षा फौज नहुँदा भारतीय एसएसबीले सजिलै नेपाली भूमिमा आएर दादागिरी देखाउने आँट गर्छन्। सबैभन्दा पहिले सुस्तामा नेपाली सुरक्षाकर्मीको उपस्थिति बलियो बनाइनुपर्छ र दरबन्दी अनुसार तत्काल थप टोली खटाइनुपर्छ।ू
अर्का सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नियतवश फरक(फरक नयाँ स्थानहरूबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि ूहामी पहिलेदेखि नै यही बाटो गस्ती गर्थ्यौंू भन्दै दाबी गर्ने गरेका छन्। भारतीय पक्षको यस्तो प्रवृत्तिका कारण सीमा क्षेत्रमा पटक–पटक विवाद बढ्दै गएको स्थानीयको भनाइ छ।
