प्रेम भुजेल
बर्दघाट, जेष्ठ २४
प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपाल पश्चिम् नवलपरासीको आयोजना र बर्दघाट नगरपालिका वडा नं २ को सहयोगमा बर्दघाट ५ कन्चनगढिमा बृहत सांगितिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न बिधाका २५ जना कलाकार तथा साहित्यकारहरुले आ आफ्नो प्रस्तुतीहरु राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले आफु प्रचण्ड बुढाथोकीको शिष्य रहेको र उहाको पढाउने शैलीले सबैलाई प्रभाव पार्ने बताउदै उहाको चर्चित गीत छोरीलाई नगर्नु हेला पढ्ने बेला घर धन्दा झमेला समेत स्मरण गर्नु भएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौका प्राज्ञ परिषद सदस्य माधव कुमार प्रधानले शभ्य समाज निर्माणमा प्रचण्ड बुढाथोकीले संगीतका माध्यामबाट ठुलो योगदान गर्नु भएको बताउनु भएको थियो। त्यसैगरी प्राज्ञ परिषद सदस्य प्रधानले लोक तथा जन गायक बुढाथोकी का बारेमा परिचर्चा समेत गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा।घनश्याम परिश्रमीले प्रचण्ड बुढाथोकी एक कुशल शिक्षक रहनुका साथै बहुआयामिक ब्याक्तित्व रहेकोे बताउनु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका भाषा तथा साहित्य बिभागका प्रमुख हुमनाथ आचार्यले प्रचण्ड बुढाथोकी शिक्षक मात्र नभई पेन्टिङ, बाघ्यवादन र गायनमा समेत पोख्त रहनु भएकोले उहाँ बहु आयामिक प्रतिभा रहनु भएको बताउनु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै अन्य बक्ताहरु कृष्ण बन्धु पौडेल, शेषकान्त पौडेल, बर्दघाट नगरपालिका वडा नं ५ कि वडाअध्यक्ष बिमला गुरुङ लगायतले प्रचण्ड बुढाथोकीको स्मरण गर्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौका प्राज्ञ परिषद सदस्य माधव कुमार प्रधान र समाजसेवी रुपलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । भने स्थानीय आमा समुहध्दारा भोजपुरी तथा थारु नाच, स्थानीय कलाकरहरुबाट कौडा तथा मारुनी नाचहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायक मदन बहादुर बिष्ट , दिपेश श्रेष्ठ , जंग बहादुर कुमाल लगायतले आ–आफ्नो गायन प्रस्तुती राख्नु भएको थियो । यसै गरि साहित्यकार तथा गजलकार बिनोद चौधरी, सामिप्यता पौडेल, लक्ष्मी बर्तौला , बि पि ढकाल लगायतले आ आफ्नो रचना बाचन गर्नु भएको थियो ।
प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रकी अध्यक्ष सिन्धु जलेसा बुढाथोकीको अध्यक्षतामा संचालीत कार्यक्रममा प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपालका सह सचिव उत्तमध्वज केसीले बोल्दै कञ्चनगढिका बारेमा जानकारि गराउनु भएको थियो ।
मदन बहादुर बिष्टको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रमलाई प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रका सचिब प्रेम भुजेलले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा सहभागी कलाकार तथा साहित्यकारहरुलाई मायाको चिनो र प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।
