कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१
माकर सनराइज बचत तथा ऋण सहकारी संस्था बर्दघाटले आफ्नो २१ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाएको छ । नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको समन्वय र जिल्ला शाखाको प्राविधिक सहयोगमा माकर सनराइज बचत तथा ऋण सहकारी संस्था बर्दघाटले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष रुकमागत ज्ञवालीको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा ३५ जनाले रक्क्तदान गर्नु भएको संस्थाका अध्यक्ष रुकमागत ज्ञवालीले जानकारी गराउनु भएको छ ।
महिलाहरुको उत्षाहजनक उपस्थिती रहेको उक्त कार्यक्रममा संस्थाका शेयर सदस्य,सल्लाहकार, विभिन्न उपसमितिका ब्यक्तिहरु देखि सामाजिक संघ संस्थाका ब्यक्तिहरु एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष हुमनाथ आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको रक्तदान कार्यक्रमको समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरका सहकारीहरुले कुनै प्रकारको रकम हिनामिना नगरेको र कुनै ठुलो समस्या नदेखिएको बताउनु भएको थियो । नगरका केहि सहकारीहरुको नगरले अनुगमन समेत गरेको बताउदै सुझबुझका साथ सहकारी अघि बढेको बताउनु भयो । उहाँले सहकारीहरुले अब सिप मुलक र आएमुल कार्यमा लगानी गर्न अनुरोध समेत गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव चोलाकान्त भट्टराईले गर्नु भएको थियो ।
