कृष्ण ढकाल
बर्दघाट,बैशाख–२७
बर्दघाट जेसीजको जेसीज सप्ताह अन्तर्गत आज पूर्व पश्चिम राजमार्ग अन्तरगत त्रिवेणी चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बैशाख २४ गते देखि शुरु भएको जेसीज सप्ताहमा नगरका बिभिन्न क्षेत्रमा गएर फरक–फरक सामाजिक कार्य गर्ने गरी योजना तय गरीए अनुसार आज त्रिवेणी चोकमा ट्राफिक सचेतना कार्यक्रम तथा प्रहरी सम्मान कार्यक्रम सम्पन्न गरीएको बर्दघाट जेसीज बर्ष २०२६ का अध्यक्ष महेन्द्र गौतमले बताउनु भएको छ ।
राजकार्गमा गुडने सवारी साधनहरुमा सचेतना मुलक इस्टीकर टास्ने र ट्राफिक सचेतना मुलक कोण सभा गर्ने देखि बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी,बर्दघाट ट्राफिक पोष्टका प्रहरी र नगर प्रहरीलाई सम्मान गर्ने कार्य आज सम्पन्न गरीएको कार्यक्रमकी संयोजक चाँदनी सुर्यवंशीले जानकारी दिनु भयो ।
बर्दघाट जेसीजले यसअघि सुदिप पौडेलको संयोजकत्वमा विहबिार नेपाल रेडक्रश बर्दघाट उपशाखामा रक्तदान कार्यक्रम गरसिकेको छ भने शिशिर न्यौपानेको संयोजकत्वमा शुक्रबार बाल्मीकी माद्यामिक विद्यालयमा नर्शरी ब्यबस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी प्रकृति संरक्षण र हरियाली प्रवर्द्धनको संकल्प पूरा गरेका छौँ भन्ने मुल नाराका साथ मिलन आचार्यको संयोजकत्वमा बर्दघाट–९ मा रहेको हरे कृष्ण आध्यात्मिक पार्कमा फलफूल तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरीसकेको छ ।

बर्दघाट जेसीजको जेसीज सप्ताह अन्तर्गतका बाँकी कार्यक्रमहरु सोमबार गणेश भट्टराईको संयोजकत्वमा चिसापानीमा रहेको दिब्यज्योती माद्यामिक विद्यालयमा लागुऔषध दुव्र्यसनी विरुद्धको कार्यक्रम र मंगलबार विक्रान्त भण्डारीको संयोजकत्वमा साईवर अपराध सम्बन्धी कार्यक्रम दिब्यज्योती बहुमुखी क्याम्पसमा संचालन गर्ने तयारी गरीएको बर्दघाट जेसीजका खुमकान्त न्यौपानेले जानकारी दिनु भएको छ ।
युवाको ब्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आईरहेको बर्दघाट जेसीजले सामाजीक स्तरमा पनि विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा गर्ने गरी योजना तय गरीइको बर्दघाट जेसीज बर्ष २०२६ का अध्यक्ष महेन्द्र गौतम बताउनु भएको छ ।
