sunwal

सय दिन पुगेपछि मात्रै सरकार बारे हाम्रो धारणा सार्वजनिक गर्दछौं ः केशव बहादुर थापा सुर्यवंशी

641

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२३

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव बहादुर थापा सुर्यवंशीले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारका वारेमा सरकार गठन भएको सय दिनपछि मात्रै सरकारको कार्यशैलीका वारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेश समितिद्वारा आयोजना गरीएको पार्टीको ३६ औं स्थापना दिवस मनाउन नवलपरासीको बर्दघाटमा आउनु भएका अध्यक्ष सुर्यवंशीले बर्दघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रम तथा मुल समारोहमा बोल्दै उक्त कुरा बताउनु भएको थियो ।
अध्यक्ष सुर्यवंशीले पार्टीले सरकारका गतिविधिमाथि सुक्ष्म ढंगले नियालिरहेको बताउदै भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने कार्यमा सरकारमा परिपक्वता नदेखिएको धारणा राख्नु भयो ।

उहााले कम क्षतिमा धेरै उपलब्धि हाशील गर्नेगरि काम गर्न सरकारलाई सुझाव समेत दिने बताउनु भएको छ । अहिले देशमा भ्रष्टाचार नियन्त्रण नभएको बताउदै अब भ्रष्टाचार नियन्त्रणलाई नै मुख्य एजेन्डा बनाएर संविधान पुनर्लेखन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
विगतदेखि नै वैकल्पिक राजनीतिक धारलाई अघि बढाउँदै संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न निरन्तर आफु र आफ्नो पार्टीले भूमिका खेलेको दावीगर्दै सबै बर्ग र समुदायका हक र अधिकार सुनिश्चित गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सचिव चित्र प्रसाद गुरूङको सहजिकरण रहेको थियो भने कार्यक्रममा पार्टीका उपाध्यक्ष डाक्टर हाजि हसन महमद,होमाया गुरूङ,महासचिव टोप अस्लामी,पार्टीका उपमहासचिव तथा संगठन विभाग प्रमुख डव गर्बुजालगायका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् प्रदेश समितिका पदाधिकारी,जिल्ला अध्यक्ष लगायतका नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।