कृष्ण ढकाल
बर्दघाट,बैशाख-२१
नेपाल उद्योग व्यापार महासंघको नवलपुर गैंडाकोटमा सम्पन्न चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट उधाेग ब्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्याैपाने केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकाे छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भयसँगै न्याैपानेले नयाँ नेतृत्वले उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान, निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएकाे छ । उहाँले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै यसको अधिकार, सुरक्षा र सम्मानका लागि सशक्त आवाज उठाउने बताउनु भयाे ।
खिमनारायण पराजुलीकाे नेतृतव अर्थात अध्यक्ष रहनेगरी दाेस्रो राष्ट्रिय महाधिवेशनले पराजुलीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। आइतबार सम्पन्न महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो।
केन्द्रीय अध्यक्षमा निर्वाचित भयसँगै खिमनारायण पराजुलीले सरकारसँग सहकार्य कर, वित्त, श्रम तथा व्यापारसम्बन्धी नीतिहरूलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन पहल गर्ने धारणा ब्यक्तगर्नु भयाे । पराजुलीले साना तथा मझौला उद्यम क्षेत्रलाई सबल र सक्षम बनाउँदै राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सहयाेग पुग्नेदावी गर्नु भएकाे थियाे ।
