sunwal

बालकको मृत्यु

164

बर्दघाट,चैत्र-२०

बर्दघाट नगरपालिका–१२ जमुनिया स्थित हुलाकी सडकखण्डमा बिहीवार बिहान भएको सवारी दुर्घटनामा एक १३ बर्षिय बालकको मृत्यु भएपछि स्थानीय तथा आफन्तले उचित क्षतिपूर्तिको माग सहित नारायण चोक -परासी हुलाकी सडक अवरुद्ध गरेका छ्न ।

बिहिबार बिहान करिब १०:२० बजे परासीबाट बरुवा तर्फ जाँदै गरेको लु २ ख १०१४ नम्बरको फोर्स गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा साइकल चालक बर्दघाट–१२ सपैयाका करिब १३ वर्षीय विश्वास चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले प्रहरी,जनप्रतिनिधि,बस सञ्चालक र पिडित पक्ष सहित बार्ता भैरहेको भए पनि अहिले सम्म नटुङ्गिएको वडा नम्बर १२ का अध्यक्ष उमा संकर चौधरील “हाम्रो आँखा “लाई जानकारी दिनुभयो।बालकका आमा बुवाको आर्थिक अवस्था निकै दयनीय छ,उचित क्षतिपूर्ति पाउनु पर्छ”चौधरीले भन्नू भयो ।