Bardaghat Na pa

त्रिनेत्र बुद्ध मङ्गल योग समितिको अध्यक्षमा पुनः पङ्गेनी

507

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
त्रिनेत्र बुद्ध मङ्गल योग समितीको अध्यक्षमा पुनः नरेश पङ्गेनी चयन हुनु भएको छ । सस्थाको प्रथम अधिवेशन मार्फत पङ्गेनीको नेतृत्वमा ११ सदस्यीय समिती सर्वसम्मत चयन भएको छ ।

बर्दघाट ७ स्थित त्रिनेत्रेस्वर धाममा भएको अधिवेसनले उपाध्यक्षमा सरस्वती श्रेष्ठ,सचिवमा प्रकाश श्रेष्ठ,कोषाध्यक्षमा अप्सरा श्रेष्ठ,सदस्यहरुमा ईश्वरी प्रसाद भुर्तेल,दिनेश रायमाझी,किसन बहादुर चौधरी,रुपा भट्टराई,देव नारायण तिवारी,गणेश बहादुर पोख्रेल र कमला भण्डारी तिवारी चयन हुनु भएको हो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका कार्यबहाक नगरप्रमुख रुद्र प्रकाश उपाद्यायले बर्दघाट नगरपालिकालाई योगमय बनाउने अभियानलाई पुर्णता दिन आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।स्वस्थ्य जिवनशैलीका लागि योग अपरिहार्य रहेको बताउँदै उहाँले यो प्रतिको आकर्षक आम जनमानसमा पुर्याउन अपरिहार्य रहेको बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष नरेश पङ्गेनिले योग र साधनाको माध्यमबाट समाजलाई स्वास्थ्य जीवन सगै सुसंस्कृत समाज निर्माणमा जोड दिनु पर्ने उल्लेख गर्नु भयो ।नगरपालिकाले पछिल्लो समय योगाभ्यासलाई प्रवर्द्धन गर्ने अहम भूमिका निर्वाह गरेको बताउदै बर्दघाट नगरपालिकालाई योग नगरको रुपमा बिकास गर्न आफुहरु लागिपरेको बताउनु भयो। “बर्दघाट लाई योग नगर बनाउन प्रत्येक घर मा एक जना योगी कम्ती मा पनि एक टोल मा एउटा साधना केन्द्र निर्माण गर्ने र बिद्यालय र अस्पतालहरुमा समेत योगाभ्यास गराउन आवश्यक छ”पङ्गेनीले भन्नू भयो ।

कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघ अध्यक्ष, लेखनाथ न्यौपाने, त्रिनेत्र धाम संरक्षक नवराज श्रेष्ठ,त्रिनेत्र धाम अध्यक्ष राम नारायण श्रेष्ठ ,त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र का अध्यक्ष चिरञ्जीवी सुवेदी,गोपिगन्ज योग साधना केन्द्र की अध्यक्ष सीता चापागाईं,सल्लाहकार माधव तिवारी,चिरञ्जीवी सुवेदी लगायतले मन्तव्य राख्दै योग र साधनाको महत्वलाई समुदाय स्तरमा लैजानु पर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रममा सरस्वती श्रेष्ठको”आफ्नो माटो,आफ्नो बाटो”नामक पुस्तक समेत विमोचन गरिएको थियो ।

सस्थाकी उपाध्यक्ष सरस्वती श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश श्रेष्ठले गर्नु भएको थियो ।