कृष्ण ढकाल
बर्दघाट , चैत्र –१
डिभिजन वन कार्यालय नवलपरासीको आयोजनामा वन डढेलो सप्ताह २०८२ सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह,पञ्चनगरमा भएको उक्त कार्यक्रममा बर्दघाट– सरावल सवडिभिजन कार्यालय अन्र्तगतका सबै सामुदायिक वन समुहहरुको उपस्थिती रहेको थियो ।
सुख्खा खडेरी तथा गर्मी समयमा वन जंगलमा डढेलो लाग्ने प्रवल संभावना भएकाले प्राकृतिक सम्पदाको संरक्षण गरी वातावरणीय सन्तुलन कायम गर्न अहिले सामुदायिक वनहरुले गरेका कामहरु प्रसंसनिय रहेको भन्दै अझ प्रभावकारी बनाउन बर्दघाट– सरावल सवडिभिजन कार्यालय अन्र्तगतका सबै सामुदायिक वन समुहहरुलाई कार्यक्रममा आग्रह गरीएको थियो ।

