Bardaghat Na pa

पाँच दिनको हिरासत पछि रवि पाण्डेय रिहा

545

परासी,फागुन  -२३

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय पाँच दिनको हिरासत पछि रिहा भएका छन् । संयुक्त संघर्ष समिति नवलपरासीको संयोजक समेत रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक हिरा बहादुर थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बर्दघाट सहितको टोलीले पसलबाट गिरफ्तार गरिएको थियो । फागुन १८ गते साँझ ६:३० बजे बर्दघाट न.पा. वडा नम्बर ४, शान्तिनगर स्थित आफ्नै पसलबाट तरकारी बेचिरहेका बेला प्रहरीले बिना पक्राउ पुर्जी गिरफ्तार गरिएपछि स्थानीयले बिरोध समेत जनाएकाे बताइएकाे छ।

सो क्रममा पसल तथा घरमा खानतलासी गरी घरबेटी तथा परिवारका सदस्यहरुलाई दु:ख दिने काम भएको भन्दै प्रहरीको आलोचना भएको थियोे । निर्वाचनलाई साम्राज्यवादद्वारा प्रायोजित निर्बाचन भन्दै उक्त पार्टीले सशक्त बहिष्कारको कार्यक्रम गदै आएको थियो । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संविधान प्रदत्त अधिकारलाई प्रहार गर्दै प्रहरीले गरेको उक्त धरपकडको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आपत्ति जनाएको बताएकाे छ। फागुन १ गते समेत प्रहरीले जनयुद्ध दिवसको ब्यानर टागेको अभियोग लगाइ पाण्डेयलाई सदरमुकाम परासीस्थित बुद्धचोकबाट गिरफ्तार गरेर अबेर साझ छाडेको सो पार्टीले जनाएको छ । ९० घण्टाको हिरासत बसाइँ पछि शुक्रवार १२ बजे रिहा गरिएको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए । जनयुद्वको समयबाट हाल सम्म ६ पटक गिरफ्तार भएका पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारीका नेताका रुपमा परिचित छ्न् । बि.स. २०८२ फागुन १ र १८ गते गरेर एकै महिनामा दुइ दुइपटक प्रहरीले गिरफ्तार गरीसकेकाे छ ।