Bardaghat Na pa

विचार गरेर मात्र उमेदवार छानौं ः कृष्ण ढकाल

493

 

आज फागुन–१८ अर्थात २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि गठन भएको शुसिला कार्की सरकारले गर्न लागेको फागुन २१ गतेको संघीय निर्वाचनको मौनअवधि शुरुहुने दिन । अहिले रातीको ११ बजेको छ अबको १ घण्टापछि मौनअवधि शुरु हुन्छ। सबै राजनितिक दल र स्वतन्त्र उमेदवारहरुले आ–आफ्ना विचार तथा योजनाहरु आ–आफ्नै सामाजिक सञ्जालहरुबाट प्रसारण गरीरहेका छन र मतदाताहरुबाट भोट मागिरहेका छन । यो परिदृश्य देखेपछि मलाई केहि लेख्ने र आम मतदाताहरु माझ मेरो विचार राख्ने कोशिस गरे । सल्लाह सुझाब र प््रतिक्रिया पनि सभ्यभाषामा आउने अपेक्षमा छु ः– कृष्ण ढकाल

पश्चिम नवलपरासी जिल्लामा रहेका सात पालिकाहरुलाई समेटेर दुईवटा निर्वाचन क्ष्ँेत्र बनाइएको छ । त्यस मध्ये निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रतिष्प्रर्धामा रहने उमेदवारहरु जहिले पनि राष्ट्रीय राजनितिक परिर्वतनसँग जोडेर आउने खालका उमेदवारहरुले प्रतिस्प्रर्धा गर्ने गरेका छन । त्यसैले पनि यो क्षेत्रको निर्वाचनलाई स्थानियर र राष्ट्रिय स्तरमा समेत प्रभाव पार्ने भएकाले बिषेश महत्वका साथ हेर्ने गरीन्छ ।
तर उमेदवार चयनका बेला मतदाताहरुले आफ्नो मतदान गर्ने अधिकार प्रयोग गर्दा राम्रोसँग विचार गरेर चुरीफुरीको राजनिति गर्नेलाई भन्दा निति र विधिमा रहेर राजनिति संस्कार सहित जिम्मेवार,निष्ठावान र योग्य ब्यक्तिलाई निर्वाचीत गरी आफ्नो निर्वाचन क्ष्ँेत्रको विकास गर्न हातेमालो गर्न जरुरी छ ।
त्यतीमात्र हैन स्थानिय नागरीकहरुको आयआर्जनमा टेवा पुग्नेगरी स्वरोजगारी सृजना गर्न सक्ने ,विकास निमार्णको प्रष्ट खाका भएको सक्षम उमेदवारलाई मतदानगर्ने र लोकतन्त्रलाई बलियो बनाउने कार्यमा सरिकहुनु अहिलेको आवश्यता हो । अर्काको बुद्धि र बलमा आफ्नो धन र मन मिलाएर परजिबि बनेको स्टाचुरुपी शैलिको राष्ट्र र राष्ट्रियतामा दागलाग्ने कार्यमा सरिकहुने प्रवृतिको उमेदवारलाई मतदान गर्ने कार्यलाई सबैले निरुत्साहित गर्न जरुरी छ ।

पश्चिम नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रचार प्रसारको अवस्था ?

निर्वाचन क्षेत्र नं. १ मा उमेदवारहरु आ–आफ्नै शैलीमा चुनावी प्रचार–प्रसारमा लागेको पाइन्छ तर निर्वाचन आचारसंहिताको पूर्णपालना भने गरेको पाइदैन । पार्टीका नेता कार्यकर्ताले निर्वाचन आचारसंहिताको उल्लघन गरेका छन भने कुनै पाटि निकट जनप्रतिनिधि र सरकारी नियुक्ति लिएकाहरुले पनि खुलेआम पार्टीका उमेदवारहरुको प्रचार प्रसारमा हिडेका छन । प्रचार प्रसारका लागि चुनाव चिन्ह अंकित टोपी तथा टिशटहरुको प्रयोग गर्ने देखि सार्वजनिक सम्पतिको उपयोग गरी निर्वाचन आचारसंहिताको उल्लघन गरेको पाईन्छ । यस्ता कार्यमा खबरदारी, पैरवी र रचनात्मक संलग्नता मार्फत सचेत गराउनु पर्ने राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारहरु र सञ्चार माध्यामहरुले पनि आफ्नो भूमिकालाई कमजोर बनाएको पाइएको छ । कतियप पत्रकार र सञ्चार माध्यामहरु त अमुख उमेदवारहरुको प्रवक्ता तथा मुखपत्र जस्तो नै बन्नेगरेको आम मतदाताहरुले गुनासो गर्ने गरेकाछन ।

मौनअवधिमा हुनसक्ने चलखेल ?

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित वातावरणमा फागुन २१ को निर्वाचन सम्पन्न गर्ने भनिरहदा निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेलले निर्वाचनको परिणाम नै फरक आउन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न आम मतदाता नै चनाखो हुन जरुरी छ । सोझा साझा मतदाताहरु र गरीविले थिचिएका मतदाताहरुलाई आर्थिक तथा अन्य प्रलोभनमा पारेर गलत नियतको उमेदवारले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नसक्ने प्रवल संभावना रहन सक्छ । निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न नसक्नु पनि पश्चिम नवलपरासी जिल्लाका लागि ठुलो रोग बनेको छ । मौनअवधिमा हुने आर्थिक ,खाद्यान्न तथा लत्ता कपडा वितरण देखि सामाजिक लाभका पद दिलाउने सम्मका प्रलोभन देखाउने कामलाई रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकायले बढी क्रियाशिलता बढाउन जरुरी छ ।

बदर मत घटाउने तिर राजनितिक दल र उमेदवारहरुको पहल ?

वि.सं. २००७ सालको क्रान्ति २०४६ सालको आन्दोलन र २०६२/०६३ को जनआन्दोलन पछिअहिले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक घटनाक्रमलाई फरक मोडमा लगेको छ । हुन सक्छ यो निर्वाचनले एउटा पुस्ताको राजनिती ईतिहासको अध्याय पुरा गर्न पनि सक्ने प्रवल संभावना छ भने अर्काे तिर युवा पुस्ताको अग्नी परिक्षा पनि हुन सक्छ । जे भएपनि अहिलेको निर्वाचनमा कुनै पनि दल तथा उमेदवारहरुले मतदाताले आफ्नो मतदान गर्ने अधिकार प्रयोग गरीरहदा मतखेर जानबाट रोक्न अर्थात बदर मत घटाउने तिर राजनितिक दल र उमेदवारहरुका कुनै पनि ब्यक्तिहरुले मतदाता शिक्षा दिएको पाईएन । निर्वाचन आयोगले दिएको मतदाता शिक्षाको भरमा निर्वाचन हुने भएको छ ।

सुरक्षा चुनौती ?

पश्चिम नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं. १ को नेतृत्व लिएर फागुन २१ गतेको निवार्चन मार्फत जनचाहना अनुरूप सुशासन, विकास र समृद्धिको यात्रा अघि बढउनका लागि पार्टी अदलवदल गरेर नेतृत्वमा जानेहरु ,पैसाको आडमा राजनिति गर्ने,जिम्मेवारीवहन गर्ने,निष्ठावान राजनिती गर्ने देखि नयाा उदयमान राजनितक ब्यक्तिहरुले सक्दो कसरत गरीरहेका छन । यो विचमा निर्वाचन वहिस्कार गर्नेहरु देखि निर्वाचनमा सहभागि भएकाहरु विचको द्धन्दात्मक कार्यले हुन सक्ने संभावित घटना परिघटनाको सुरक्षाको चुनौती पनि उत्तीकै रहेको छ । पाँचवटै तहका सुरक्षा निकायहरुबाट दिईने निर्वाचन सुरक्षा भन्दा ठुलो र सक्षम भनेकै नागरीक सुरक्षा हो त्यसैले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।

अन्त्यमा ः
सबै मतदाताले आफ्नो मतदान गर्ने अधिकारको पूर्णप्रयोग गर्दै जिम्मेवार,निष्ठावान र योग्य ब्यक्तिको चुनाव चिन्हमा मतदान गरी देशलाई निकास दिनसक्ने, लोकतन्त्रलाई सुदृढ बनाउने, नागरिकलाई बलियो बनाउने , समाजको विकास गर्ने र समृद्ध समाज बनाउन योग्य उम्मेदवार रोजेर आफ्नो निर्वाचन क्ष्ँेत्रको विकास गर्न सदैब हातेमालो गर्न जरुरी छ । मतदाताहरुले धन र बलका पछाडी लागेर भ्रष्ट,चरित्रहिन राजनितिक संस्कार नभएका,विज्ञता र बौदिक्ता नभएकाहरुलाई भोट दिएर दक्ष ,ईमान्दार तथा निष्ठाको राजनिति गर्नेहरुलाई भोट नदिनु भनेको धनखर्च गर्न नसक्नेहरुलाई सदा–सदाका लागि राजनिति र नेतृत्वमा जानबाट बञ्चीत गराउने राजनितिक संस्कारको शुरुवात कर्ता हुने छन । त्यसैले समयमा नैै सचेत बनेर जिम्मेवार नागरीकको भुमिका निर्वाह गर्न जरुरी छ ।