Bardaghat Na pa

बर्दघाट एक्सपोमा नगरपालिकाकाे अनुगमन

537

बर्दघाट,माघ– ४
बर्दघाटमा सञ्चालित प्रथम बर्दघाट एक्सपो–२०८२ मा विक्रीका लागि राखिएका उपभोग्य बस्तुहरुको अनुगमन गरिएको छ । बर्दघाट नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्यायको नेतृत्वमा रहेको अनुगमन टोलिले एक्सपो भित्र रहेका होटल तथा खाद्य बस्तुहरुका स्टलहरुको अनुगमन गरेको हो ।


अनुगमन टोलीले अनुगमनका क्रममा भेटीएका कमिकमाजोरीहरुलाई सुधार गर्न सुझाव दिईएको छ । अनुगमनका क्रममा खाद्य सामाग्रिमा प्रयोग भएका रंगहरु प्रयोग नगर्न, खाद्यसमाग्रिमा उत्पादन मिति, उपभोग्य अवधि, खुल्ला अवस्थामा रहेका खाद्य समाग्रि सुरक्षित राख्न तथा खाद्य, गुणनियन्त्रण कार्यालयमा प्रमाणिकरण गर्न सुझाव दिईएको छ ।
अनुगमन समितिका संयोजक उपाध्यायले अखाद्यरंग प्रयोगले हुनसक्ने हानीबारे व्यसायिलाई सुझाव दिदै अबका दिनमा यस्ता रंग प्रयोग नगर्न आग्रह गर्दै अबदेखि फेरी पनि गल्ती दोहरायमा नगरप्रहरी लगाएर सामान वरामतगरी नष्ट गरीने चेतावनी समेत दिनु भएको थियो ।


अनुगमनका क्रममा उपभोक्ता हित संरक्षण मञ्च,नेपालका केन्द्रिय सचिव सरस्वती पंगेनीले उत्पादन मिति तथा उपभोग्य मिति नभएका,र ब्यवसाय दर्ता नै नगरेका ब्यवसायीहरुले खुल्ला खाद्य पदार्थ विक्री वितरण गररिहेको भेटिएपछि ब्यवसाय दर्ता गर्न र मापदण्ड पराएर मात्र वस्तुको विक्रिगर्न आग्रह गर्नु भयो ।
नेपाल सरकार खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय, भैरहवाका खाद्य नियन्त्रक सोनिला गौतमले कुनैपनि खाद्य पदार्थ बेच्दा, विक्री मुल्य, अखाद्य रंगको प्रयोग, उत्पादन मिति, सम्बन्धित निकायमा दर्ता जस्ता न्यूनतम मापदण्ड पुरा गर्नुपर्ने भन्दै व्यवसायीलाई सजग गराउनु भएको थियो ।
अनुगमन कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका नगर अध्यक्ष हुमनाथ आचार्य, बर्दघाट नगरपालिका उद्योग बाणिज्य शाखा अधिकृत लिल बहादुर चौधरी, बर्दघाट नगरपालिका नगर कृषी शाखा अधिकृत नविन ढकाल, एक्सपो अनुगमन उपसमिति संयोजक हरी प्रसाद अधिकारी, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुष्माकर ढकाल,उपभोक्ता हित संरक्षण मञ्च, नगर उपाध्यक्ष धनमाया गिरी, सदस्य रामु भुषाल, सदस्य लक्ष्मि र्बतौला, पत्रकार प्रकाश न्यौपाने, पत्रकार सरोज धिताल लगाएतको सहभागितामा एक्सपोको अनुगमन गरिएको थियो ।