Bardaghat Na pa

संस्कृति संरक्षण र जातीय खानाका परिकारहरु पाउने स्थल बन्यो बर्दघाट एक्सपो

505

बर्दघाट,माघ –१५
‘प्रथम बर्दघाट एक्सपो २०८२’ ले बिभिन्न जातीहरुको भेषभुषा,खानपान र उनीहरुको संस्कृतिसंरक्षण गर्ने कार्यमा सहयोग पुर्याउनुका साथै आर्थिक सवलीकरणमा समेत टेवा पुर्याएको छ ।
उद्योग व्यापार संघ बर्दघाटले आयोजना गरेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ स्थल भित्र रेहका जातीय पहिचान झल्काउने खानाका परिकार देखि उनीहरुले प्रयोग गर्ने लोपउन्मुख सामाग्रिका वारेमा नयाा पुस्तालाई जानकारी दिने गतिलो थलो बनेको छ ।
त्यसैगरी जातीय रितिरीवाजका वारेमा जानकारी दिने र बिभिन्न प्रकारका खानाका परिकारहरुकोे स्वाद लिन चाहनेहरुका लागि समुहमा ब्यवसायीकता गरेर आम्दानी समेत गर्दै आएका छन । एक्सपोभित्र थारु, मगर, गुरुङ्गल गायतका जातिहरुले आ–आफ्नो पहिचान झल्कने घर र खानाका परिकारहरु बनाएर दर्शक तानिरहेका छन ।
थारुजातिको पहिचान झल्काउनेकार्यमा ब्रम्हबाबा सामाजिक विकास प्रतिष्ठान र सम्झना आमा समूह एक्स्पोमा खटिएको छ । थारु भान्सा घरमा घोङगी, चिचर, माछा, ठेकुवा लगायतका परिकार बेचेर आर्थिक पार्जनकागि एक्सपो उचीत स्थान भएको सम्झना आमा समूहकी अध्यक्ष रमिता चौधरीले बताउनु भयो । त्यस्तै ब्रम्हबाबा सामाजिक बिकास प्रतिष्ठानका अध्यक्ष आशाराम चौधरीले पहिलो पटक मेला महोत्सवमा आएको र आफुहरु सन्तोषजनक व्यापार गरिरहेको बताऊदै यो परिकार तथा संस्कृति देखाएर निरन्तर आम्दानीको श्रोत बनाऊन होमस्टेको अवधारणा तयार गर्न स्थानिय सरकारलाई आग्रह गर्नु भयो ।
त्यस्तै एक्सपोमा मगर जातिको पहिचान झल्कने घर तथा परिकारको व्यवस्था नेपाल मगर संघ, बर्दघाट नगरसमितिले गरेको छ । अहिलेका युवाहरुले मगर जातिको पहिचान र संस्कृति बिर्सिन थालेपछि मगर जातिको पहिचान र संस्कृति लोप हुने अवस्थामा रहेकोले मगरको पहिचान जोगाउन एक्सपोमा मगर जातिले पुरानो कुडुले घर र त्यसमा प्रयोग हुने समाग्रिहरु प्रर्दशन गरेको छ । मगर जातिको खानाका परिकारहरु बटुक, सेलरोटी, बंगुरको सेकुवा, बंगुरको भुटुवा बिक्रि गरी आम्दानी लिने देखि जातिय परिकारलाई परिचित गर्न एक्सपोले सहज भएको झम बहादुर सारु मगरले बताउनु भयो ।
त्यस्तै एक्सपोमा रहेको अर्को आर्काषकको केन्द्र बनेको गुरुङ्ग जातीको कला संस्कृति र पहिचान झल्कने घर र परिकार रहेको छ। तमु प्ये ल्हुँ संघ जिल्ला अध्यक्ष बिरबहादुर गुरुङ्गले पुर्खाले प्रयोग गर्ने सामाग्रि, परिकार अहिलेका पुस्तालाई देखाऊदै शिक्षा प्रदान गर्न एक्सपो महत्वपूर्ण रहेको बताउनु भयो । गुरुङ्ग जातिले बस्नकालागि बनाऊने गोलोघर, हलो जुवा,ढिकी, मौरीको घार, स्याखु, डोको, थुन्से, सिप्रिङ्ग जस्ता सामाग्रि तथा परम्परागत परिकारहरुमा मानेरोटी, बुटक, सेलरोटी राखिएको छ ।
एक्सपोका घरेलु, पर्यटन, कृर्षि उत्पादन उपसमिति संयोजक खुमाकान्त न्यौपानेले समुदाय विषेश विभिन्न किसीमाको परिकारहरु पस्केर जाति विशेषलाई एउटा प्रदर्शनी मात्र नभई शिक्षाको थलोको रुपमा अगिडी बढाईराखेको बताउनु भयो । उहाँले एक्सपो भित्र रमाईलो मात्र नभई शिकाईको केन्द्र साथै आम्दानीको श्रोतमा बृद्धि गर्ने लक्ष्य राखिएकोले लक्षित समूदाय आफ्नो पहिचानको परिकारहरुलाई बिषेशरुपमा अगाडी सारिएको बताऊनुभयो ।