Bardaghat Na pa

तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ काे तयारी पुरा

556

आरती राना
बर्दघाट,माघ–८
बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको सगरमाथा सामुदायिक विकास प्रतिष्ठानले यही माघ १० गतेबाट शुरू गर्न लागेको “तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ ”को तयारी पुरा भएको जनाएको छ ।
प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका तयारी पुरा भैसकेको जानकारी गराएको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको पालडाँडा खेल मैदानमा सञ्चालन हुने “तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ मा भारतको १ टिम समेत गरि कुल १० टिमको सहभागिता रहेको आयोजक संस्थाका सल्लाहाकार दीपक थापाले बताउनु भएको छ ।

प्रतियोगितामा आयोजक टिम सहित सम्पूर्ण युवा क्लब, भैरव सपोर्टस क्लब, वि.वाइ.डि.ए. दुम्किबास, आसाम फुटबल क्लब ९भारत०,जनशक्ति युवा क्लब, मोन्स्टर गाइज, चोरमारा युवा क्लब, देवदह ब्याइज र अभिषेक चर्च रजहरले सहभागिता जनाउने बताइएको छ ।
त्यसैगरी प्रतियोगितामा विजेता टोलीले २ लाख १ हजार नगद सहित ट्रफी, रनर अप टिमले १ लाख ५ सय सहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ दि म्याचले ट्रफी सहित नगद १ हजार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने थापाले जानकारी दिनु भयो । सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद ३ हजार, उत्कृष्ट गोलरक्षकलाई ट्रफी सहित नगद ३ हजार, उत्कृष्ट गोलकर्तालाई ५ हजार र सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट सहित नगद ५ हजार पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा बर्दघाट नगरपालिका वडा नम्बर ५ ले ५ लाख र नगर खेलकुद विकास समितिबाट २ लाख ५० हजार बजेट विनियोजन गरिएको वडा नम्बर ५ कि वडाध्यक्ष विमला गुरुङले जानकारी गारउनु भएको छ ।

प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष पार्वती सिंहले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न स्थानीयस्तरबाटै खेलकुदको आयोजना गरि खेलाडी पहिचान गर्न आवश्यक रहेकोले पनि प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो।