Bardaghat Na pa

सत्ताकेन्द्रित राजनीतिले मुलुकलाई गहिरो संकटमा धकेलेको छ : हृदयेश त्रिपाठी

498

सुनयना चौधरी
बर्दघाट,माघ–७
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष तथा पूर्व मन्त्री एवं नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार हृदयेश त्रिपाठीले सत्ताकेन्द्रित राजनीतिले मुलुकलाई गहिरो संकटमा धकेलेको बताउनु भएकाे छ। उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणबिना राजनीतिक परिवर्तन सम्भव नभएको दाबी गर्नु भयाे ।
बर्दघाट प्रेस क्लबद्वारा बर्दघाटमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै त्रिपाठीले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रिया माने पनि यसैलाई समस्याको अन्तिम समाधानका रूपमा लिन नहुने बतानु भएकाे हाे । “निर्वाचनले प्रतिनिधि त दिन्छ, तर प्रणाली सुधार नगरेसम्म देशको अवस्था बदलिँदैन,” उहाँकाे भनाइ थियाे ।
वर्तमान संविधान ‘घाइते अवस्थामा’ रहेकाले त्यसलाई जोगाइराख्न चुनाव अपरिहार्य रहेकाे तर यसबाट मुलुकको संक्रमणकालीन अवस्था आंशिक रूपमा मात्र अन्त्य हुने नेता त्रिपाठीकाे भनाइ रहेकाे छ ।


भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनबारे टिप्पणी गर्दै त्रिपाठीले उक्त आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता अहंकार र शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने राजनीतिक आकांक्षाको परिणाम भएको आरोप लगाउदै आफू सदैव भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै आएको र अहिले बल्ल जेनजीले अाफुले उठाएका कुरामा साथ दिएकाे त्रिपाठीले दावी गर्नु भयाे ।
पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चर्किँदै जाँदा पुराना अनुहारप्रति जनविश्वासको प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै आफू राजनीतिमा प्रवेश गर्दा पनि जेन्जी पुस्ताकै प्रतिनिधि रहेको र आज उठिरहेका मुद्दाहरूमा निरन्तर अडिग रहेको बताउनु भयाे।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीसँग दोस्रो पटक प्रतिस्पर्धामा उत्रिएका त्रिपाठीले आफू चुनाव नलड्ने मनस्थितिमा रहे पनि परिस्थितिले उम्मेदवारी दिन बाध्य बनाएको धारणा ब्यत्त गर्नु भयाे । æचुनाव नलड्दा आर्थिक प्रलोभनमा पर्‍यो भन्ने आरोप लाग्ने डरले साख जोगाउन उम्मेदवारी दिएको हुँ,” त्रिपाठीकाे प्रस्ट भनाइ थियाे । आफू निर्वाचित भए अधुरा विकास योजनालाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै त्रिपाठीले काम गरेर देखाउने राजनीतिमा विश्वास गर्ने भएकाले हालसम्म औपचारिक घोषणा पत्र सार्वजनिक नगरेको समेत प्रस्ट पार्नु भयाे ।