Bardaghat Na pa

प्रथम बर्दघाट एक्सपो–२०८२ लाई कृषि मैत्री बनाउनु पर्नेमा जोड

54

कृष्ण ढकाल
बर्दघाट,पौष–३०
उद्योग व्यापार संघ,बर्दघाटले यहि माघ १३ गते देखि सञ्चालन गर्न लागेको “प्रथम बर्दघाट एक्सपो–२०८२” लाई सफल बनाउन बिभिन्न निकायसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई तिव्रता दिएको छ ।

पौष २१ गते पत्रकार सम्मेलनबाट एक्सपो सञ्चालनको तयारीका वारेमा जानकारी गराएसंगै बर्दघाट नगरका वडाध्यक्षहरुसँगको छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको उद्योग व्यापार संघ,बर्दघाटले आज फेरी नगरका किसान र किसानसंग सम्वन्धित सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।

“प्रथम बर्दघाट एक्सपो–२०८२ मुल आयोजक समिति संयोजक तथा आयोजक संस्थाका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता र कृषि उत्पादन,घरेलु उद्योग तथा पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक खुमाकान्त न्यौपानेको संयोजनमा नगरका किसान र किसानसंग सम्वन्धित सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो ।

“स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” भन्ने मुलनाराका साथ सञ्चालन हुने “ प्रथम बर्दघाट एक्सपो–२०८२” लाई कृषि मैत्री एक्सपो बनाउनका लागि कृषिसँग सम्वन्धित सरोकारवालाहरुको राय सुझाब संकलन गर्न कार्यक्रमको आयोजना गरीएको र एक्सपो सफल बनाउन सबैको सहयोग आवश्यक रहेको एक्सपो मुल आयोजक समिति संयोजक तथा आयोजक संस्थाका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो । उहाँले एक्सोपछि पनि किसानका उत्पादनहरुको बजारीकरण र उपभोक्ताहरुको सहजताका लागि संस्थाले सुविधा सम्पन्न रात्रीकालिन बजार सञ्चालनको सोंच बनाएको समेत जानकारी गराउनु भएको थियो ।

कृषि उत्पादन,घरेलु उद्योग तथा पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक खुमाकान्त न्यौपानेले किसानका उत्पादनहरुलाई प्रर्दशन तथा विक्रि गर्ने र बजारीकरणका लागि एक्सो उपयुक्त स्थल हुने भएकाले त्यसको भरीपूर्ण सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्दै एक्पो सम्मको ढुवानीको ब्यवस्था आयोजकले गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै एक्सपोका गोष्ठी,सेमिनार तथा साँस्कृतिक संयोजक मोहन सापकोटाले कृषि र पर्यटनका बहसहरु सञ्चालन गरीने र स्थानिय कलाकारहरुलाई एक्सपोमा महत्वका साथ समय उपलब्ध गराईने जानकारी गराउनु भएको थियो ।

बर्दघाट नगरपालिका पशुपंक्षी शाखा प्रमुख भरत लम्सालले कृषि औजारको प्रर्दशनी र उत्कृष्ट किसानलाई पुरस्कारको ब्यवस्था गर्नु पर्ने सुझाब दिनु भएको थियो । त्यसैगरी नगरका किसान र किसानसंग सम्वन्धित सरोकारवालाहरु सँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दैनेपाल पारभेटेनरी एण्ड लाइभस्टक एसोसियसनका अध्यक्ष रमेश पाण्डेले एक्सपोमा सहभागी हुने किसानहरुका लागि यातायात,स्टल र बिमा जस्ता बिषयमा सुबिधा दिनु पर्ने धारणा राख्नु भएको थियो ।
सुझाब संकलनकै क्रममा बर्दघाट नगर स्तरीय कृषि सञ्जालका अध्यक्ष देवि बस्यालले किसानहरुले उत्पादन गरेका वस्तुले उचित बजार नपाएकै कारण किसान मारमा पर्ने गरेको गुनासो गर्नु भएको थियो । किसानको लागत मुल्य भन्दा कम मुल्यको बजार भाउरहने भएका कारण जहिले पनि किसान मारमा पर्ने गरेकाले किसान मैत्री बन्न उद्योग व्यापार संघ,बर्दघाटलाई आग्रह गर्नु भएको थियो ।

मिलन भेटेनरी पसलका सञ्चालक रामप्रसाद पौडेलले मेलाका लागि मात्र किसान खोज्ने परिपाटी रहेको भन्दै अघिपछि पनि किसानहरुलाई खोज्ने र किसानको साथी बन्न सक्नु पर्ने धारणा राख्नु भएको थियो । बर्दघाट एक्सपोमा कृषि क्ष्ँेत्रको नयाँपन दिन ईच्छाएका ब्यक्तिहरुलाई नगरका किसानहरुको फार्महरु अध्ययन अवलोकन गर्ने वातावरण सृजना गर्न सके राम्रो हुने सुझाब दिनु भएको थियो ।
त्यस्तै भवानीशंकर भट्टराईले भनिङ्ग कम्पोष्ट मलको स्टल राख्ने तयारीमा रहेकाले एक्सपोमा किसानहरुका स्टल राख्दा सम्वन्धित ब्यवसायसँग मिलाएर राख्दा एक अर्काको ब्यवसायको ब्यापार बढ्ने सुझाब दिनु भएको थियो ।

वडा नं. १२ का कृषि सञ्जाल अध्यक्ष धर्मागत पाण्डे,दाउन्ने दुधडेरीका सञ्चालक उमेश सापकोटा,मधुवन कृषि बहुउद्धेश्सयि सहकारी संस्थाका अध्यक्ष देविप्रसाद अधिकारी,ढुङ्गाना कृषि फार्म पाल्डाँडाका सञ्चालक लगाएतले आफ्ना सुझाब राख्नु भएको थियो ।

बर्दघाट–४,हरियालि नगरमा माघ १३ गते देखि २५ गते सम्म सञ्चालन हुने “प्रथम बर्दघाट एक्सपो–२०८२” मा बर्दघाट नगरक्षेत्रको ब्यापारिक, पर्यटकिय र सांस्कृतिक प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकले आशा लिएको छ । एक्सपो अवधिभर करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उक्त एक्सपो सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
४२ लाख रुपैयाँ आम्दानी गरी करिब १२ लाख रुपैयाँ बचत गर्ने अनुमान गरीएको उद्योग व्यापार संघ, बर्दघाटका वरिष्ठ उपाध्यक्ष एवं प्रथम बर्दघाट एक्स्पो–२०८२ मुल आयोजक समितिका सह–संयोजक दिनेश न्यौपानेले बताउनु भएको छ ।
बर्दघाट एक्सपोमा बर्दघाट नगरपालिका भित्र उत्पादित कृषिजन्य बाली र बस्तुहरु प्रदर्शन गर्ने र नगरपालिका भित्रका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि विशेष कार्याक्रमहरु सञ्चालन गर्ने,पर्यटकिय स्थलहरुको जानकारीमुलक भिडियो सामग्री प्रदर्शन गर्ने देखि राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूद्धारा मनोरञ्जन प्रदान गर्नेगरी बर्दघाट एक्सपो सञ्चालनको तयारी भेरहेको आयोजक संस्थाका महासचिव तथा “प्रथम बर्दघाट एक्सपो–२०८२” का प्रक्ता नारायण भण्डारीले बताउनु भएको छ ।
त्यस्तै एक्स्पो प्रवद्र्धन सम्बन्धि भिडियो निर्माण प्रतियोगिता सञ्चालन गरीने र उत्कृष्ट कन्टेन्ट कृएटरको भिडियोलाई भ्युको आधारमा नगद १० हजार पुरस्कार प्रदान गर्ने प्रक्ता नारायण भण्डारीले बताउनु भयो । एक्स्पो अवधिभर करिब १ लाख ५० हजार दर्शकले एक्सपो अवलोकन गर्ने अनुमान गरीएको आयोजकको भनाइ छ ।

प्रथम बर्दघाट एक्सपो–२०८२ को मुख्य आकर्षणका रुपमा विभिन्न जात–जाती तथा संस्कृति झल्काउने घर तथा खानाका परिकारहरु, विद्यार्थिहरुद्धारा विज्ञान प्रदर्शन,राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको सांगितीक प्रस्तुती , कृषि यन्त्रहरुको प्रदर्शनी , दुग्ध परिकाररुको प्रदर्शनीं ,बाली बस्तुहरुको प्रदर्शनी , विद्यालय स्तरका विभिन्न प्रतियोगिता , बर्तमान समयमा अत्याधिक रुचाईएको लण्डन ब्रिज अकृति प्रवेश द्धार ,बर्दघाट नगरका १६ वटै वडाका १६ स्टल जसमा हरेक वडाका विशेष उत्पादन र जल परि रहने बताइएको छ ।
एक्स्पोको अवलोकन गर्न आउने दर्शकले ८० रुपैयाँ को प्रवेश टिकट लिनु पर्ने छ भने अपाङ ,विद्यार्थीहरु र जेष्ठ नागरिकका लागि सहुलियत टिकट दर रहेको आयोजकले जनाएको छ । एक्सपोमा २ सय ५० वटा स्टलहरू रहनेछन् । जस्मा स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन र घरेलु उद्योगका सामग्रीहरू,राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरु , विविध खानाका परिकारहरू , बालबालिकाहरूको मनोरञ्जनका लागि बाल उद्यान , संचार केन्द, स्थानीय सञ्चार माध्यम र पत्रकारहरूको सहजताका लागि छुट्टै समाचार डेस्कको व्यवस्था रहने आयोजकले जनाएको छ ।