बर्दघाट,पौष–२४
बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको पञ्चनगर स्वास्थ्य चौकीले आफ्नो वडाभित्रका जेष्ठनागरीकहरुलाई घर दैलोमै गएर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । आज एक कार्यक्रमका विच उक्त कार्यक्रमको शुभारम्भ गरीएको थियो ।
वडा नं. ९ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त सेवाको शुभारम्भ गरीएको थियो । वडाकार्यलयको आर्थिक सहयोगमा जेष्ठनागरीकहरुको घरमै गएर स्वास्थ्य परिक्षण तथा औषधी उपचार गर्ने कार्यको शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,वठा सदस्य तथा लेखा समिति संयोजक बालिन्द्र विक्रम शाही,पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमल्सिना,बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख ईश्वर न्यौपाने, स्वास्थ्य अधिकृत कृष्ण हरि पौडेल र जन स्वास्थ्य निरीक्षक रिकमान श्रेष्ठ ,स्वास्थ्यकर्मी लगाएतको उपस्थिती हरेको थियो ।

घर दैलो सेवामा जेष्ठ नागरिकको घरदैलोमा नै गएर स्वास्थ्य परिक्षण गर्ने ,उनीहरुले नियमित खाने गरेका औषधिहरू एवं स्वास्थ्य पुर्जा हेरि स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार निःशुल्क रूपमा आवश्यक पर्ने औषधिहरू वितरण गरिने पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमल्सिनाले जानकारी गराउनु भएको छ ।
अहिले वाड भित्रका १ सय ८५ जना जेष्ठ नागरिक र असक्त ब्यक्तिहरुलाइ सेवा दिने लक्ष्य लिएर सेवा शुभारम्भ गरीएको छ ।

