कृष्ण ढकाल
बर्दघाट,पौष–१७
बर्दघाट नगरपालिकाले वडा नं. १४ मा आयोजना गरेको एआई प्रविधिको प्रयोगबाट १ सय २८ जनाले एआई एक्सरेबाट क्षयरोगको चेकजाँच गराएका छन । १ सय २८ जना सेवाग्राही मध्ये १ सय १६ जनाको एआई एक्सरे भएको बर्दघाट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रिकमान श्रेष्ठले जानकारी गराउनु भएको छ । जस्मध्ये ३० जना शंकास्पद क्षयरोग बिरामीको खकार संकलन गरि जेन्एक्पट जाँचका लागि पठाइएको
स्वास्थ्य कार्यालय, नवलपरासी संगको समन्वयमा विराट नेपाल मेडिकल ट्रष्ट को संयुक्त सहकार्यमा आयोजना गरीएको उक्त शिविरले समुदायस्तरमा क्षयरोगको पहिचान गर्नेकार्यलाई सहयोग पुग्ने बताइएको छ। समुदायस्तरमा लुकेर रहेको सङ्क्रमण पत्ता लगाउन र समयमै उपचार सुरु गर्न एआई एक्सरे प्रविधि अत्यन्तै उपयोगी रहेकाले बर्दघाट नगरपालिकाले एआई एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान गर्नेकार्य शुरु गरेको जनाएको छ ।
दाउन्ने देवि स्वास्थ्य चौकीमा सञ्चालन गरीएको उक्त स्वास्थ्य शिविरमा वडा नं. १४ र १५ का सेवाग्राहीहरुले सेवा लिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनु भयो । ६० बर्ष उमेर समुह भन्दा माथीका सबै जेष्ठ नागरीकहरु,सुगर,प्रेसर दम लगाएतका दिर्घरोगीहरु,१५ बर्ष माथीका कुपोषीत ब्यीक्तहरु,लामो समयसम्म रुघा खोकी लागेका वा क्षयरोगका लक्षण भएका व्यक्तिहरू र क्षयरोग निको भएका वा औषधि सेवन गरिरहेका बिरामीहरूका घरपरिवारका सदस्यहरुलाई लक्षीत गरी शिविर सञ्चालन गरीएको श्रेष्ठको भनाइ छ ।
समयमा नै रोग पत्ता लगाउँदा निवारण गर्न समेत सहज हुने भएकाले शिविरबाट शङ्कास्पद बिरामीहरूको थप पहिचानका लागि उनीहरूको खकार नमुना सङ्कलन गरी अस्पताल पठाइने र उक्त नमुनाको प्रयोगशाला परीक्षणपछि क्षयरोग पुष्टि भएमा तत्काल उपचारको प्रक्रियामा ल्याइने श्रेष्ठले बताउनु भयो ।
