Bardaghat Na pa

सुर्य ज्योति कप २०८२ को १२औं दिनको खेलमा बर्दघाट वडा नं. १४ बिजयी

476

कृष्ण ढकाल
बर्दघाट,पौष–१२
सुर्य ज्योति युवा क्लबध्दारा आयोजित सुर्य ज्योति कप २०८२ को आजको खेलमा बर्दघाट वडा नं. १४ बिजयी भएको छ । वडा स्तरिय फुटबल प्रतियोगीताको १२औ दिनको चौथो क्वाटर फाईनल खेलमा बर्दघाट वडा नं. ४ लाई निर्धारित ६० मिनेटको खेलमा खेलको ५७ औ मिनेटमा गोलगरी बर्दघाट वडा नं.१४ बिजयी हुन सफल भएको छ ।

बर्दघाट वडा नं. १४ का खेलाडी जर्सी नं ७ का अरुण चौधरीले गोल गर्दै सुन्यका बिरुद्ध १ गोलको अन्तरले बिजयी भएको छ । पहिलो हाफमा बरावरीमा रोकिएको खेलमा दोश्रो हाफको २७ औ मिनेट अर्थात खेलको ५७ औ मिनेटमा बर्दघाट वडा नं.१४ का जर्सी नं ७ का खेलाडी अरुण चौधरीले गोल गर्दै आफ्नो टिमलाई १ गोल ले बिजयी गराएका थिए । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोश्रो हाफमा एका एक आक्रमक र रोमाञ्चक बनेको थियो ।

दर्शकको पुर्ण समर्थन पाउँदा पाउदै पनि बर्दघाट वडा नं. ४ ले आजको खेलमा गोल स्कोर निकाल्न नसक्दा खेलबाट बाहिरिन बाध्य भएको थियो । आजको खेलमा बर्दघाट वडा नं.१४ का खेलाडी जर्सी नं ७का अरुण चौधरी म्यान अफ दि म्याच घोषित भएका थिए । भने भोली हुने पहिलो सेमीफाईनल खेलमा आयोजक सुर्य ज्योति र बर्दघाट वडा नं. ५ पाल्डाडा बिच प्रस्प्रिद्र्या हुने आयोजकले जनाएको छ ।